साउदीमा अलपत्र ७ नेपाली युवा स्वदेश फर्किए | Khabarhub Khabarhub

साउदीमा अलपत्र ७ नेपाली युवा स्वदेश फर्किए


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र परेका ७ नेपाली युवा स्वदेश फर्किएका छन् । विसडम ह्युमन रिसोर्स प्राली नामक म्यानपावरबाट रोजगारीका लागि साउदी अरबको अल रसिन सप्लायर कम्पनीमा पुगेका थिए ।

७ जना पीडितमध्य ६ जनालाई रियाद विमानस्थल र १ जना दमाम विमानस्थल भएर स्वदेश फर्काउन सफल भएको नेपाली साझा मञ्च राष्ट्रिय समन्वय समिति साउदी अरवले जनाएको छ ।

रियादस्थित नेपाली दूतावासको पहलमा पीडितहरुलाई नेपाल पठाउने म्यानपावरका सञ्चालक स्वयं उपस्थित भएर गरेको सम्झौता कामदारको हकमा छ या छैन ? क्षतिपूर्तिसहित उद्धारको माग गरेका मजदुरले के कतिको न्याय पाए भन्ने विषयमा ध्यानाकर्षण भएको भन्दै साझा मञ्चले बाँकी पीडित कामदारहरुलाई क्षतिपूर्तिसहित सकुशल नेपाल फर्काउन जोडदार माग माग गरेको छ ।

मञ्चले पीडितहरुले कानुन सम्मत पाउनु पर्ने क्षतिपूर्ति दिलाउन दूतावासले आवश्यक पहल कदमी लिने बिश्वास लिएको जनाएको छ ।

उनीहरूलाई कम्पनीले विगत ६ महिना देखि बस्ने बाहेक कुनै सुविधा नदिएको खबर सार्वजनिक भएपछि मानवीय सहयोग स्वरूप नेपाली साझा मञ्च साउदी र प्रवासी मिलन एकता समाज साउदीले करिब एक महिना पुग्ने खाद्यान्न सहयोग गरेको थियो।

त्यसपछि पीडितहरूलाई सामाजिक अभियन्ता राजु केसी, गैर आवासीय नेपाली संघ (एनआरएनए), नेपाली प्रगतिशील मोर्चा, नेपाली प्रगतिशील मञ्च, प्रवासी नेपाली समाज लगायतको संघसंगठन र व्यक्तिहरुले मानवीय सहयोग स्वरूप खाद्यान्न लगायत सहयोग गर्दै आइरहेका छन् ।

विसडम ह्युमन रिसोर्समार्फत १६ जना नेपाली त्यहाँको अल रसिन सप्लायर कम्पनीमा पुगेका थिए । पछिल्लो समय साउदी अरवमा नयाँ आउने कामदार समस्या पर्ने गरेको घटनामा दूतावास तथा नेपाल सरकारको ध्यानाकर्षण हुन् जरुरी रहेको मञ्चले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ६ : २६ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही