साउदीमा अलपत्र ७ नेपाली युवा स्वदेश फर्किए « Khabarhub

साउदीमा अलपत्र ७ नेपाली युवा स्वदेश फर्किए


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र परेका ७ नेपाली युवा स्वदेश फर्किएका छन् । विसडम ह्युमन रिसोर्स प्राली नामक म्यानपावरबाट रोजगारीका लागि साउदी अरबको अल रसिन सप्लायर कम्पनीमा पुगेका थिए ।

७ जना पीडितमध्य ६ जनालाई रियाद विमानस्थल र १ जना दमाम विमानस्थल भएर स्वदेश फर्काउन सफल भएको नेपाली साझा मञ्च राष्ट्रिय समन्वय समिति साउदी अरवले जनाएको छ ।

रियादस्थित नेपाली दूतावासको पहलमा पीडितहरुलाई नेपाल पठाउने म्यानपावरका सञ्चालक स्वयं उपस्थित भएर गरेको सम्झौता कामदारको हकमा छ या छैन ? क्षतिपूर्तिसहित उद्धारको माग गरेका मजदुरले के कतिको न्याय पाए भन्ने विषयमा ध्यानाकर्षण भएको भन्दै साझा मञ्चले बाँकी पीडित कामदारहरुलाई क्षतिपूर्तिसहित सकुशल नेपाल फर्काउन जोडदार माग माग गरेको छ ।

मञ्चले पीडितहरुले कानुन सम्मत पाउनु पर्ने क्षतिपूर्ति दिलाउन दूतावासले आवश्यक पहल कदमी लिने बिश्वास लिएको जनाएको छ ।

उनीहरूलाई कम्पनीले विगत ६ महिना देखि बस्ने बाहेक कुनै सुविधा नदिएको खबर सार्वजनिक भएपछि मानवीय सहयोग स्वरूप नेपाली साझा मञ्च साउदी र प्रवासी मिलन एकता समाज साउदीले करिब एक महिना पुग्ने खाद्यान्न सहयोग गरेको थियो।

त्यसपछि पीडितहरूलाई सामाजिक अभियन्ता राजु केसी, गैर आवासीय नेपाली संघ (एनआरएनए), नेपाली प्रगतिशील मोर्चा, नेपाली प्रगतिशील मञ्च, प्रवासी नेपाली समाज लगायतको संघसंगठन र व्यक्तिहरुले मानवीय सहयोग स्वरूप खाद्यान्न लगायत सहयोग गर्दै आइरहेका छन् ।

विसडम ह्युमन रिसोर्समार्फत १६ जना नेपाली त्यहाँको अल रसिन सप्लायर कम्पनीमा पुगेका थिए । पछिल्लो समय साउदी अरवमा नयाँ आउने कामदार समस्या पर्ने गरेको घटनामा दूतावास तथा नेपाल सरकारको ध्यानाकर्षण हुन् जरुरी रहेको मञ्चले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ६ : २६ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा