घनश्यामको ‘लन्डन टु पेरिस’ मा साम्राज्ञी « Khabarhub

घनश्यामको ‘लन्डन टु पेरिस’ मा साम्राज्ञी


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्म ‘लन्डन टु पेरिस’ मा अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन् । उनलाई फिल्म निर्माण गर्ने कम्पनी एबी इन्टरनेसनलले अनुबन्धित गरेको हो ।

बेलायत र फ्रान्समा सुटिंग हुने फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले तयार पारेका छन् । फिल्मको सुटिंग आउँदो वर्षको असारबाट सुरु गर्ने निर्माताको तयारी छ ।

एबी इन्टरनेसनलले विदेशी फिल्मको वितरणको काम पनि गरिरहेको छ । यही समूहले अक्षयकुमारको ‘बच्चन पाण्डे’ वितरण गरेको थियो । फिल्मलाई अमित बस्नेत,अजित थापा, परी राना, अंकित गौगम,सनिश खकुरेल र अजित सिंह मिलेर निर्माण गर्ने छन् । ‘यो फिल्म महत्वकांक्षी केटि र जेन्टल केटाको लभ स्टोरी हो । यो मोडर्न कथा भएकैले हामीले लोकेसन पनि लन्डन र पेरिस तय गरेका हौँ । फिल्मको बारेमा आउँदो सातासम्म सबै जानकारी दिने छौँ’ निर्देशक लामिछानेले भने ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : ४५ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त