घनश्यामको ‘लन्डन टु पेरिस’ मा साम्राज्ञी « Khabarhub

घनश्यामको ‘लन्डन टु पेरिस’ मा साम्राज्ञी


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्म ‘लन्डन टु पेरिस’ मा अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन् । उनलाई फिल्म निर्माण गर्ने कम्पनी एबी इन्टरनेसनलले अनुबन्धित गरेको हो ।

बेलायत र फ्रान्समा सुटिंग हुने फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले तयार पारेका छन् । फिल्मको सुटिंग आउँदो वर्षको असारबाट सुरु गर्ने निर्माताको तयारी छ ।

एबी इन्टरनेसनलले विदेशी फिल्मको वितरणको काम पनि गरिरहेको छ । यही समूहले अक्षयकुमारको ‘बच्चन पाण्डे’ वितरण गरेको थियो । फिल्मलाई अमित बस्नेत,अजित थापा, परी राना, अंकित गौगम,सनिश खकुरेल र अजित सिंह मिलेर निर्माण गर्ने छन् । ‘यो फिल्म महत्वकांक्षी केटि र जेन्टल केटाको लभ स्टोरी हो । यो मोडर्न कथा भएकैले हामीले लोकेसन पनि लन्डन र पेरिस तय गरेका हौँ । फिल्मको बारेमा आउँदो सातासम्म सबै जानकारी दिने छौँ’ निर्देशक लामिछानेले भने ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : ४५ बजे

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम

रवि पछि परेपनि रास्वपाको बलियो अग्रता

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

चितवन-२ मा रवि लामिछाने सुरुवातमै पछि परे, एमालेका अस्मिन घिमिरेको अग्रता

चितवन- राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको चितवन निर्वाचन क्षेत्र

झापा-५ मा बहुप्रतिक्षित मतगणना सुरु

दमक, झापा- देशभरकै सबैभन्दा बढी चासोको केन्द्र बनेको झापा निर्वाचन

काठमाडौँ-४ मा रास्वपाका पुकार बमको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको