एमालेबाट माओवादीमै फर्किएका डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन् « Khabarhub

एमालेबाट माओवादीमै फर्किएका डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्

'गल्ती गरेँ भनिसक्नु भो, अब काममा फर्कनुस्'


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेमा प्रवेश गरेकै भोलिपल्ल्ट माओवादीमै फर्किएका धादिङ रोराङ बेनिघाट गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले परिबन्दले आफू एमालेमा प्रवेश गर्न पुगेको बताएका छन् ।

माओवादी त्यागेर एमाले प्रवेश गरेको भोलिपल्टै फेरि उनी माओवादीमै फर्किएका हुन् । माओवादीमा फर्किएको घोषणा गरेपछि बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनी खुमलटारमा पुगे ।

खुमलटार पुगेर डल्लाकोटीले अध्यक्ष प्रचण्डसँग आफू परिबन्दमा परेर बालकोट पुगेको भए पनि पुनः माओवादीमै फर्किएको जानकारी दिएका छन् ।

एमालेमा प्रवेश गर्नु आफ्नो गल्ती भएको भन्दै उनले एमालेमा गएपछि आफ्ना कार्यकर्ता र जनताले दुई दिनसम्म सुत्नसमेत नदिएको प्रचण्डसामु बताएका छन् ।

अध्यक्ष प्रचण्डसँग डल्लाकोटीले गरेको कुराकानी उद्धृत गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्षज्यु, केही मान्छेको परिबन्दमा परि बालकोट पुगेँ । यसमा मेरो गल्ती भो । तर मलाई मैंले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्, सुत्न नि दिएनन् । मैंले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, म दुई दिनमै घर फर्केको छु ।’

डल्लाकोटीको भनाइपछि अध्यक्ष प्रचण्डले जवाफ दिए, ‘गल्ती गरेँ भनिसक्नु भो । अब काममा फर्कनुस् ।’

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : ५० बजे

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता