अमेरिकामा विमान दुर्घटना « Khabarhub

अमेरिकामा विमान दुर्घटना


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको टेक्सास राज्यमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार सेस्ना टि यू २०६ एच नामक विमान दुर्घटनामा परेको हो । ह्युस्टन विमानस्थलबाट उडेको उक्त विमान मध्य टेक्सासको वाकोबाट करिब ५० किलोमिटर टाढा रहेको मारलिन एयरपोर्टमा दुर्घटनाग्रस्त भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

वाको क्षेत्रीय विमानस्थलमा जाँदै गरेको ६ सिटको जहाज मार्लिन विमानस्थलको एकल धावनमार्गको अन्त्यबाट करिब ६४ मिटर टाढा दुर्घटनाग्रस्त भएको टेक्सास राज्यको ह्युस्टन शहरबाट प्रकाशित हुने ह्युस्टन क्रोनिकल अखबारले जनाएको छ ।

मर्लिन शहरका कार्यकारी सेड्रिक डेभिसलाई उद्धृत गर्दै क्रोनिकलले जनाएअनुसार मारिनेमा एक पुरुष र एक महिला छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १ : ०० बजे

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ