सिरहाको नरहामा एनएमबि बैंकको विस्तारित काउण्टर स्थापना « Khabarhub

सिरहाको नरहामा एनएमबि बैंकको विस्तारित काउण्टर स्थापना


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीलाई सहजताका लागि सिरहा नरहास्थित हिमालयसुगर मिल्स परिसरमा ११ औँ विस्तारित काउण्टरको शुभारम्भ गरेको छ ।

हिमालयसुगर मिल्सको तर्फबाट महा–प्रबन्धक अवधकिशोर यादव र एसएन कुशवाहा, एनएमबि बैंकका मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरू मिथिलेसकुमार झा, कमलेशप्रसाद यादव, अपरेशन म्यानेजर राजकुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबंधक सरोज यादव, कर्मचारी संजीव झालगायतको उपस्थितिमा भएको कार्यक्रममा काउण्टरको उद्घाटन भएको हो ।

उक्त काउन्टरको स्थापनापूर्व नै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ ।

बैंकले उखु किसानलाई सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता पनि गरिसकेको छ ।

एनएमबि बैंकले यसलगायत हाल देशभरि ११ एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : २४ बजे

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित