सिलवालको रिट खारेजपछि राखेपमा फर्किए घिसिङ « Khabarhub

सिलवालको रिट खारेजपछि राखेपमा फर्किए घिसिङ


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले जिम्मेवारी सम्हालेका छन् ।

राखेपको सदस्य सचिवको विवाद समाप्त भएसँगै बुधबार राखेपमा फर्किएका घिसिङले आफ्नो कामकाज सुरु गरेका हुन् । सर्वोच्च अदालतले मंगलबार तत्कालीन राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले आफूलाई बर्खास्त गरेको भन्दै सरकारविरुद्ध दायर गरेको रिट निवेदन सर्वाेच्च अदालतले खारेज गरेपछि सदस्य सचिवको विवाद समाप्त भएको हो ।

No description available.

राखेपमा फर्केपछि घिसिङले चालु आर्थिक वर्षभित्र राष्ट्रिय खेलकुद आयोजनाको निम्ति प्रयास गर्ने बताए । उनले राष्ट्रिय खेलकुदका लागि वैशाख ३० गतेसम्मको समयलाई दूरदर्शी योजना तयार गर्न उपयोग गर्ने उनको भनाइ छ ।

No description available.

त्यस्तै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता बढाउन आवश्यक ट्रेनिङको व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले समग्र खेलकुदको विकासका लागि सातै प्रदेशसँग छलफल गर्ने पनि बताए ।

युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले खेलकुद विकास ऐन, २०७७ अनुसार सदस्यसचिवको बर्खास्ती र नियुक्ति गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : ३५ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६