कांग्रेसले तीनपल्ट चोभार बन्दरगाहको शिलान्यास रोक्ने प्रयास गरेको ओलीको आरोप « Khabarhub

कांग्रेसले तीनपल्ट चोभार बन्दरगाहको शिलान्यास रोक्ने प्रयास गरेको ओलीको आरोप


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मंगलबार उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाहको शिलान्यास गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको बताएका छन् ।

बुधबार भक्तपुरको सिपाडोलमा विनासकारी भूकम्पबाट क्षति भइ पुननिर्माण गरिएको श्री शान्ति निकेतन माध्यामिक विद्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र अहिले प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेको बताए ।

उनले पटक पटक अवरोधपछि एमाले सरकारले बनाएको बन्दरगाह अहिले सञ्चालनमा आउनु सुखद रहेको धारणा राखे । एमाले सरकारले विकासका निकै काम गरेको र फेरि पाँच वर्ष सरकारमा बसेपछि शिलान्यास र उद्घाटनको कामले तीव्रता लिने उनले बताए ।

वर्तमान सत्तागठबन्धनलाई कुहिएको गठबन्धनको संज्ञा दिँदै उनले कुहिएको गठबन्धन झरेपछि फेरि मुलुकको विकासको बाटोमा अघि बढ्ने समेत बताएका छन् । ओलीले परमादेशपछि बनेको वर्तमान सरकारका कारण मुलुकको विकासको काम नै अवरुद्ध भएको जिकिर गरे।

अध्यक्ष ओलीले शिक्षा क्षेत्रको विकासका लागि यसअघिको सरकारले ल्याएका कार्यक्रमलाई एमाले सरकारमा गएपछि प्राथमिकताका साथ निरन्तरता दिने बताए ।

यसैबीच कार्यक्रममा विद्यालय पुननिर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ३ : ०३ बजे

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप