कविता सुनुवार हत्या प्रकरण: शव नबुझ्ने परिवारको अडान « Khabarhub

कविता सुनुवार हत्या प्रकरण: शव नबुझ्ने परिवारको अडान


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

उदयपुर – ट्युसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारको हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेको छ ।

उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्यनरत १६ वर्षीया सुनुवारको शव मंगलबार स्थानीय यशोदाखोलामा विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

शव फेला परेको २४ घन्टा बितिसक्दा पनि परिवारले जिम्मा लिएको छैन । उनीहरूले घटनामा संलग्नलाई सार्वजनिक नगरेसम्म शव जिम्मा नलिने अडान लिएका छन्। हत्या आशंकामा प्रहरीले उनकै केही सहपाठीलाई नियन्त्रणमा लिएको छ ।

हत्याको विरोधमा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग स्थानीयवासी तथा विद्यार्थीले अवरुद्ध पारेका छन् । उनीहरूले हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्नुपर्ने र उनीहरूलाई सार्वजनिक पनि गर्नु पर्ने माग गरेका छन् ।

कोशी जनता माध्यामिक विद्यालय रामपुरका विद्यार्थीहरू आन्दोलित भएका हुन् । उनीहरूले रामपुर, लालबजार, बुद्ध चोकमा प्रदर्शन गरिरहेका छन् । सुनुवारको हत्या आशंकामा सोही ठाउँ बस्दै आएका कक्षा १० मा पढ्दै गरेकी सहपाठी एक किशोरी र किशोरलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकालको घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै १५ वर्षीया छोरी सरिता ढकाल रहेको प्रहरीले जनाएको छ ।

मृतक किशोरीको टाउकोमा गहिरो चोट लागेकाले कुटपिटपछि हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । उनी अध्ययनरत विद्यालयले बुधबार शोक सभा आयोजना गरेको छ ।

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ३ : ५७ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले