‘राष्ट्रिय सुरक्षा परिषद् बैठकको माइनुट खै ?’ – पाकिस्तानी प्रधानन्यायाधीश « Khabarhub

‘राष्ट्रिय सुरक्षा परिषद् बैठकको माइनुट खै ?’ – पाकिस्तानी प्रधानन्यायाधीश


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी सर्वोच्च अदालतले राष्ट्रिय सुरक्षा परिषद् बैठकको माइनुट खोजेका छन् । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको निर्णयविरुद्ध सुनुवाइका क्रममा प्रधानन्यायाधीश उमर अता बन्दियालले सुरक्षा परिषद् बैठकको माइनुट खोजेका हुन् ।

उनले पाकिस्तान तहरिकइन्सफ पार्टी नेतृत्वको सरकारका वकिल बाबर अवानसँग सुरक्षा परिषद्को बैठकको माइनुट मागेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

पाकिस्तानमा उत्पन्न राजनीतिक संकटबारे फैसला गर्न अदालतमा जारी सुनुवाइका क्रममा प्रधानन्यायाधीशले तथ्यका आधारमा भन्दा पनि आरोपका आधारमा उपसभामुखले अविश्वासको प्रस्ताव खारेज गरेकोजस्तो देखिएको टिप्पणी गरे ।

‘के सभामुखले तथ्य पेश नगरी यस्तो रुलिङको घोषणा गर्न सक्छन् ?’ प्रधानन्यायाधीशले प्रश्न गरेको डनले जनाएको छ ।

प्रधानमन्त्री इमरान खानले गोप्य रुपमा फेला पारिएको कूटनीतिक सूचनामा ‘पाकिस्तानमा अमेरिकाले सत्ता परिवर्तन चाहेको’ प्रमाण रहेको दाबी गर्दै आएका थिए । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले यही दाबीलाई दोहोर्‍याउँदै आफूविरुद्ध विदेशी षड्यन्त्र रचिएको बताउँदै आएका थिए ।

सोही कूटनीतिक सूचनाबारे छलफल गर्न अघिल्लो साताको आइतबार अर्थात् मार्च २७ मा पाकिस्तानी राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकिएको थियो ।

उक्त बैठकपछि सुरक्षा परिषद्ले कूटनीतिक सूचनामा गैर कूटनीतिक भाषाको प्रयोग भएको र पाकिस्तानको आन्तरिक मामिलामा यस्तो हस्तक्षेप अस्वीकार्य रहेको जनाएको थियो ।

सुरक्षा परिषद्को सोही निर्णयका आधारमा संसद्का उपसभामुख कसिम खान सुरीले पाकिस्तानी संविधानको धारा ५ अनुसार अविश्वासको प्रस्ताव खारेज गरेको घोषणा गरेका थिए ।

पाकिस्तानी संविधानको धारा ५ मा हरेक नागरिक राज्यप्रति वफादार रहनुपर्ने तथा विश्वको जुनसुकै ठाउँमा रहेको पाकिस्तानी नागरिक वा पाकिस्तानमा रहने जो कोहीले पनि पाकिस्तानी संविधान एवम् कानून मान्नुपर्ने उल्लेख छ ।

यद्यपि सोमबार पाकिस्तानको अंग्रेजी अखबार द एक्सप्रेस ट्रिब्युनले भने सुरक्षा परिषद्को उक्त बैठकमा पाकिस्तानको सैनिक नेतृत्वले प्रधानमन्त्रीविरुद्ध कुनै विदेशी षड्यन्त्र फेला नपरेको भन्ने जानकारी दिएको खुलासा गरेको थियो । उक्त बैठकको माइनुटमा सैनिक नेतृत्वको हस्ताक्षर समेत नभएको देखिएको उक्त अखबारले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ३ : २९ बजे

यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे ७६

अर्थमन्त्रीको निष्कर्ष : वितरणमुखी अतिवाद र फितलो कार्यान्वयनले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा फसायो

काठमाडौं– सरकारले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेको छ। अर्थमन्त्री

समातियो नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह, यसअघि पटके अपराधमा मुछिएका नै संलग्न

काठमाडौं– नक्कली मुद्रा जस्तो देखिने कागज प्रयोग गरी सर्वसाधारणलाई ठगी

साहित्यकार खगिन्द्रा खुसीलाई ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’  

काठमाडौं‍– तेस्रो आँखा साहित्यिक समूहको आयोजनामा काठमाडौँको मध्य बानेश्वरमा एक

सार्वजनिक जग्गाको बहानामा गरिबमाथि धरपकड गर्ने सरकारसँगै छैन हदभन्दा बढी लिनेको तथ्यांक

काठमाडौं– शनिबारदेखि देशका केही ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरेकाहरूको बस्ती