इलाम र कञ्चनबारीमा थपिए ज्योति विकास बैंकका दुई शाखा « Khabarhub

इलाम र कञ्चनबारीमा थपिए ज्योति विकास बैंकका दुई शाखा


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंकले इलाम र कञ्चनबारीमा दुई वटा नयाँ शाखा उद्घाटन गरेको छ। बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो।

इलाम नगरपालिका ७- इलाम बजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको समुद्घाटन बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका थिए ।

उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहक वर्ग तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो। यसका साथै बैंकले चैत २३ गतेबाट लमजुङ बेंसी सहरस्थित नयाँ शाखा पनि सञ्चालनमा ल्याएको जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ५८ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने