‘भारत जलवायु परिवर्तनका मुद्दा उठाउने अग्रणी मुलुक’ « Khabarhub

‘भारत जलवायु परिवर्तनका मुद्दा उठाउने अग्रणी मुलुक’


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत जलवायु परिवर्तनका कारण विकासशील मुलुकहरुमा पर्न गएको असरविरुद्ध आवाज उठाउने अग्रणी मुलुकका रुपमा उदाएको भारतीय वातावरणमन्त्री भुपेन्दर यादवले जनाएका छन् ।

लोकसभामा सम्बोधन गर्दै उनले वातावरण विषयमा भारत सदैव ‘समाधान दायक’ मुलुक रहेको समेत टिप्पणी गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले वातावरणका क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको भन्दै उनले विकसित मुलुकहरुले विकासशील मुलुकहरुका लागि १ खर्ब डलरको प्रतिबद्धता जाहेर गरेको समेत जानकारी दिए ।

‘यदी विकसित र विकासशील मुलुक मिलेर मौसम परिवर्तनविरुद्ध लड्ने हो भने विकसित मुलुकहरुले विकासशील मुलुकलाई दुई सेवा गर्नुपर्छ– प्रविधिको हस्तान्तरण र वातावरणीय वित्त ।’ उनले भने ।

उनले विश्वले भारतीय जीवनशैलीबाट पनि वातावरणसँग मिलेर कसरी बस्ने भन्ने सिक्न सक्ने बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ५ : ३३ बजे

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ