श्रीलंकामा सरकारविरोधी प्रदर्शन जारी, सरकार नछाड्ने राजपाक्षेको अडान कायमै | Khabarhub Khabarhub

श्रीलंकामा सरकारविरोधी प्रदर्शन जारी, सरकार नछाड्ने राजपाक्षेको अडान कायमै


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चरम आर्थिक संकट एवम् अत्यावश्यक सामग्रीको अभाव झेलिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षेविरुद्ध जारी प्रदर्शन अझै रोकिएको छैन ।

 दैनिक १२ घण्टासम्म विद्युत कटौती तथा खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्यवृद्धिको मारमा परेको श्रीलंकाका विपक्षी कार्यकर्ता मात्र नभई कानून व्यवसायी, चिकित्सक र नागरिक समाजका अगुवाहरूले राजधानी कोलम्बो, कण्डी नेगोम्बोजस्ता शहरमा केही सातायता प्रदर्शन जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुको प्रदर्शन राष्ट्रपति राजपाक्षेतर्फ लक्षित रहेको जनाइएको छ । यद्यपि राजपाक्षेले भने व्यापक जनआक्रोश तथा हिंसात्मक प्रदर्शनका बावजुद सरकार छाड्न मानिरहेका छैनन् ।

सरकारको समर्थन गर्ने ४१ सांसद्ले सत्तारुढ गठबन्धन त्यागेसँगै सरकार अल्पमतमा परेपनि राष्ट्रपति राजपाक्षेका एकजना निकटस्थले राष्ट्रपतिले कुनै हालतमा पनि राजीनामा नदिने बताएका छन् ।

श्रीलंकाली संसद्मा सम्बोधन गर्दै सरकारका प्रमुख सचेतक जोन्स्टन फर्नाण्डोले राष्ट्रपतिले राजीनामा नदिने बताएका हुन् । सरकार विरोधी प्रदर्शन दिनप्रतिदिन हिंसात्मक बन्दै जाँदा त्यहाँ यसअघि सरकारका २६ मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए ।

यससँगै राष्ट्रपति राजपाक्षेले संसद्मा सहभागी सबै दलहरुलाई सरकारमा आउन आग्रह गरेका थिए । यद्यपि उनको आग्रहलाई विपक्षीहरूले अस्वीकार गरेका छन् ।

यस्तै, श्रीलंकाका अर्थमन्त्रीले शपथ खाएको २४ घण्टा नबित्दै राजीनामा दिएका छन् । संकट गहिरिँदै जाँदा अहिले त्यहाँ कसैले पनि अर्थमन्त्रीको पद स्वीकार गर्न आनाकानी गरिरहेको बताइएको छ ।

यसअघि राष्ट्रपति राजपाक्षेका भतिज बसिल राजपाक्षेले २६ मन्त्रीहरुसँगै सामूहिक राजीनामा दिएका थिए । उनको स्थानमा आएका नयाँ अर्थमन्त्री अली सबरीले शपथ खाएको २४ घण्टा नबित्दै राजीनामा दिएका हुन् ।

उनको स्थानमा बण्डुला गुणवर्देनालाई नयाँ अर्थमन्त्रीका रुपमा सिफारिस गरिएको र यसबारे छलफल अघि बढाइएको श्रीलंकाबाट प्रकाशित हुने अंग्रेजी अखबार डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ३६ बजे

कांग्रेस बैठकमा मुख्यमन्त्री पाण्डेले भने- फागुन २१ मै चुनाव हुने संकेत छ, हामीले ‘हुँदैन’ भन्नु ठिक होइन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र

पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण 

काठमाडौं– प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी

जाँचबुझ आयोगविरुद्ध दायर रिटमा कारण देखाउ आदेश

काठमाडौं– सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सह-संयोजकमा नेपाल चयन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी