दराजको नयाँ वर्ष अभियान घोषणा « Khabarhub

दराजको नयाँ वर्ष अभियान घोषणा


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको अग्रणी अनलाइन बजार दराजले नव वर्षको सेल–नयाँ रहर नयाँ अफर सुरु गर्न लागेको छ ।

दराज कम्पनीले चैत्र २८ गतेबाद यो अफर सुरु गर्न लागेको हो । नयाँ वर्षको अवसरमा दराजले ग्राहकहरूलाई आश्चर्यजनक डिलहरू, ५००० रुपैयाँसम्मको भौचर, विशेष अफरहरू, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा स्कुटर जित्ने अवसर लिएर आएको छ ।

यस अभियानका लागि नेपाल बैंक लिमिटेड र दराजबीच सम्झौता पनि भएको छ । जसबाट नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रीपेमेन्टमा १०% (अधिकतम १००० रुपैयाँ) र क्रेडिट कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम १५०० रुपैयाँ) सम्म छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड

वाहकहरूले डेबिट कार्डमा १०% (१००० रुपैयाँसम्म) छुट र क्रेडिट कार्ड अनलाइन पीपेमेन्टमा १५% (१५०० रुपैयाँसम्म) छुटको व्यवस्था गरिएको छ ।

साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्रीपेमेन्टमा १५% सम्म छुट (अधिकतम १००० रुपैयाँ) प्राप्त गर्न सक्ने दराजले जनाएको छ । यद्यपि यो अफर ११ अप्रिलदेखि १५ अप्रिलसम्म मान्य हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १० : ४६ बजे

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्