पोखरा महानगरले चुनावकै बेला १४ सय विपन्नलाई सवा करोड नगद बाँड्दै « Khabarhub

पोखरा महानगरले चुनावकै बेला १४ सय विपन्नलाई सवा करोड नगद बाँड्दै


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरले निर्वाचन आचारसंहिता विपरीत विपन्न परिवार लक्षित सहयोग वितरणको तयारी थालेको छ । ९ महिना अघि नाम संकलन गरेर ‘होल्ड’गरेको महानगरले अहिले करिब १४ सय परिवारलाई १० हजारका दरले रकम वितरण गर्न लागेको हो ।

१ हजार ३ सय ४६ जनाको नाममा महानगरले दाबी विरोधका लागि वडामा पठाएको छ। दाबी विरोधका लागि सूचना निकालिएको र लाभग्राहीलाई खाता खोल्न भनिएको छ । हाल एनआईसी एसिया बैंकले वडा वडामा पुगेर खाता खोलिरहेको छ । वैशाख ९ गते कोभिड १९ को महामारीबाट प्रभावित अति विपन्न परिवार हस्तान्तरण रकम प्राप्त गर्ने लाभग्राहीको दाबी विरोध सम्बन्धी सूचना निकालेको थियो ।

सबैभन्दा बढी लाभग्राही एमालेले जितेका वडाबाट छनोट भएका छन् । वडा नम्बर १३ मा मात्रै ७ सय १३ जनाको नाम पठाइएको छ । वडा नम्बर १५ मा १ सय ६६ जना, १९ मा ८४ जना, १७ मा ६४ जना, १६ मा ६० जना, २२ मा ७९ जनाको नाम छ ।

यस्तै, वडा नम्बर २८ मा ४४ जना, २४ का २०, २९ का २३ जना, २१ मा ९ जना, ८ का दुई जना र २५ मा १ जनाले रकम पाउँदै छन् । कांग्रेसले जितेका केही वडा पनि समेटिएका छन् । तर लाभग्राही निकै कम छन् । सबैभन्दा धेरै लाभग्राही वडा नम्बर १२ मा ३२ जना छन् भने २ मा १७ जना, ९ का १४ जना, ३ र १० का ५-५ जना तथा ३२ को १ जनाले रकम पाउने छन् ।

महानगरका सूचना अधिकारी भरतराज पौडेलले नगद बाँड्ने विषय चुनावसँग जोड्न नमिल्ने बताउँछन् । ‘प्रक्रिया पहिलेदेखि नै चलिरहेको थियो । संयोगले अहिले नाम प्रकाशन भयो । खाता खोल्ने समय अहिले नै मिल्यो,’ उनी भन्छन्, ‘छिटो खाता नम्बर पठाउन नसके रकम फ्रिज हुन सक्छ । त्यसैले हतार गरिएको हो ।’ उनले आचारसंहिताका विषय जोडिएकोले केही परिमार्जन गर्नुपर्ने बताएका छन् । ‘अहिले नै पैसा बाँडिहाल्ने त होइन । हामीले खाता खोलेर माथि पठाउनुपर्छ,’ उनले थपे, ‘खासै समस्या छैन । विरोध आएपछि सचेत हुनपर्‍यो ।’

यो कार्यक्रम संघ सरकारको हो । लाभग्राहीको छनोट गर्न उपमेयरको संयोजकत्वमा समिति गठन भएको छ । अहिले उपमेयर नभए पनि कार्यक्रम भने रोकिएको छैन ।

विपक्षीहरूले भने महानगरले चुनावका बेला पैसा देखाएर निर्वाचनमा प्रभाव पार्न खोजेको आरोप लगाएका छन् । कांग्रेस सभापति किशोरदत्त बरालले काम राम्रो भए पनि सही समयमा नभएको गुनासो गरे । ‘विपन्नले सहयोग पाउनुपर्नेमा हाम्रो कुनै विरोध छैन । सहयोग गर्छौँ,’ उनी भन्छन्, ‘तर चुनावको आचार संहिता लाग्नु अघि गर्नुपर्ने हो । अब चुनावपछि गरे हुन्छ ।’ यसबारे विपक्षीले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई समेत जानकारी गराइसकेका छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : २४ बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न