गठबन्धन केही नेताको स्वार्थको माध्यम भयो : बाबुराम भट्टराई | Khabarhub Khabarhub

गठबन्धन केही नेताको स्वार्थको माध्यम भयो : बाबुराम भट्टराई


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको बताएका छन्।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच विभिन्‍न पालिकामा तालमेल भएको छ । तर, मतदानको दिन नजिकिँदै जाँदा भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्नु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् ।

‘सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता-कार्यकर्ता त्यसबारे बढी जानकार हुन्छन् ! लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं ! कुनै आकाश खस्दैन,’ उनले ट्वीट गरेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ८ : ०० बजे

टप टी-२० सिरिज : आज पाकिस्तानसँग भिड्दै नेपाल, सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने दबाब

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

बागतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं – काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र