जिम्बावे ए र नेपालबीचको एकदिवसीय आज सुरु हुँदै « Khabarhub

जिम्बावे ए र नेपालबीचको एकदिवसीय आज सुरु हुँदै


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल आज सुरु हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुँदैछ ।

जिम्वाबेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ । गत साता शनिबार नै नेपाल र जिम्बावेबीचको तीन एक दिवसीय खेलको शृंखलाको तालिका थियो । तर लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन ।

त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन ट्वान्टी-२० शृंखला आयोजना गरेको थियो ।

तीन ट्वान्टी-२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन । बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंखलामा १-१ को बराबरी गरेको थियो ।

नयाँ तालिका अनुसार आज तीन एक दिवसीय शृंखलाअन्तर्गतको पहिलो खेल हुन लागेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ९ : ०५ बजे

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सतर्कता

नेपालगञ्ज– खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि

जापानस्थित नेपाली राजदूतावासले नागोयामा वृहत घुम्ती शिविर सञ्चालन गर्दै

काठमाडौं– जापानस्थित नेपाली राजदूतावासले जापानको ठूलो सहर नागोयामा २०२६ अप्रिल