गठबन्धनलाई जिताउन तरुण दल परिचालन « Khabarhub

गठबन्धनलाई जिताउन तरुण दल परिचालन


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको युवा संगठन तरुण दल नेपालले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भन्दै प्रदेशमा ‘तरुण परिचालन समिति’ गठन गरेको छ ।

कांग्रेस उपसभापति एवं कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार तरुण दलले प्रदेहहरुमा ‘स्थानीय तह निर्वाचन प्रदेशस्तरीय तरुण परिचलान समिति’ गठन गरेको हो ।

तरुणका अध्यक्ष विद्वान गुरुङका अनुसार ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समिति परिचालन हुनेछ ।

तरुणले प्रदेश १ मा प्रभाकर थापा ‘संजय’, मधेसमा लोकेस सिंह, बागमतीमा कृष्णजी खड्का, गण्डकीमा मनोज गुरुङ, लुम्बिनीमा शक्तिसिंह ठकुरी र सुदूरपश्चिममा विष्णु ऐडीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १० : २५ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई