नीरसँगै भुवन र रविन्द्रले मागे कांग्रेसलाई मत  « Khabarhub

नीरसँगै भुवन र रविन्द्रले मागे कांग्रेसलाई मत 


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही दिन अगाडि मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र अभिनेता भुवन केसीले नेपाली कांग्रेसको पक्षमा मत मागेका छन् ।

चुनावलाई लक्षित गरेर तयार पारिएको गीत जय नेपाल सबैको मुखमा…,गीत सार्वजनिक समारोहमा यी दुई अभिनेताले मत मागेका हुन् । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रविन्द्र र भुवनसँगै वरिष्ठ कलाकार नीर शाहको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्ने क्रममा रविन्द्रले पार्टीमा हालै प्रवेश गरेको भएता पनि आफ्नो विचार पहिला देखि नै मिलेको बताए । ‘मैले राखेको समस्यालाई पार्टी सभापति शेरबहादुर देउवा ज्यूले गम्भीरतापूर्वक लिनु भयो । मैले औँल्याएको समस्याले मेरो मात्र नभई नेपाली कलाकारितामा लागिरहेका सम्पूर्णको हित हुन्छ । म आफ्नो व्यक्तिगत भन्दा पनि समग्र कलाकारिता गजतको भलो होस् भन्ने चाहन्छु’ संघका अध्यक्ष खड्काले भने । 

सँगै रहेका अभिनेता भुवन केसीले पनि नेपाली कांग्रेसले कलाकारको सम्मान गर्ने बताए । ‘हामीले चाहेको सम्मान हो । म जिम्मेवारीबाट पछाडि हट्दिन तर हामीले समग्र यस क्षेत्रमा लाग्नेको हितमा कम होस् भन्ने चाहेका छौँ’ अभिनेता केसीले भने । ‘नेपाली चलचित्र क्षेत्रमा कलाकारिताका माध्यमबाट ४० वर्ष भन्दा लामो समय योगदान दियौं। त्यो योगदानको मूल्यांकन नेपाली कांग्रेसले गर्ने भएपछि हामी यो पार्टीमा प्रवेश गरेका हौं ।’ अभिनेता केसीले भने ।

कार्यक्रममा बोल्ने क्रममा अभिनेता नीर शाहले मुलुकको पहिचान र समुन्नत विकासको लागि संस्कृति महत्वपूर्ण पक्ष भएकाले विपी कोइरालाको भनाइलाई आफूहरूले शिरोधारण गर्दै नेपाली कांग्रेसमा कटिबद्ध भएको बताए । कार्यक्रममा प्रमुख अतिथि प्रकाश शरण महतले कांग्रेसले नेपाली कलाकारितालाई सँगै लिएर अगाडि बढ्ने बताए । ‘हामीले केही प्रयास गरेका थियौँ । तर , गठबन्धनको कारण सम्भव भएन । यद्यपि आउँदा दिनमा हामी साथसाथ अगाडि बढ्न तयार छौँ’ प्रवक्ता महतले भने । 

सार्वजनिक गीतमा कृष्ण बिक र प्रिती आलेको स्वर रहेको छ । यसअघि हजुर मुसुक्कै गीत दर्शकमाझ ल्याएर चर्चा कमाएका कृष्णले यो चुनावी गीत पनि निकै मिठोसँग गाएका छन् । एक नारायण भण्डारीले रचना गरेको यो गीतमा संगीत पनि भण्डारीकै रहेको छ । बिजी आग्रीको निर्देशनमा तयार भएको गीतको कोरियाग्राफी कविराज गहतराजले गरेका हुन् । संजय लामाको छायाँकन रहेको गीतको भिडियोमा नेपाली कांग्सरेसम्लग्न विभिन्न कलाकार तथा भातृ सँस्थाका पदाधिकारीहरुको अभिनय छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : ४९ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख