नीरसँगै भुवन र रविन्द्रले मागे कांग्रेसलाई मत  | Khabarhub Khabarhub

नीरसँगै भुवन र रविन्द्रले मागे कांग्रेसलाई मत 


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही दिन अगाडि मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र अभिनेता भुवन केसीले नेपाली कांग्रेसको पक्षमा मत मागेका छन् ।

चुनावलाई लक्षित गरेर तयार पारिएको गीत जय नेपाल सबैको मुखमा…,गीत सार्वजनिक समारोहमा यी दुई अभिनेताले मत मागेका हुन् । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रविन्द्र र भुवनसँगै वरिष्ठ कलाकार नीर शाहको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्ने क्रममा रविन्द्रले पार्टीमा हालै प्रवेश गरेको भएता पनि आफ्नो विचार पहिला देखि नै मिलेको बताए । ‘मैले राखेको समस्यालाई पार्टी सभापति शेरबहादुर देउवा ज्यूले गम्भीरतापूर्वक लिनु भयो । मैले औँल्याएको समस्याले मेरो मात्र नभई नेपाली कलाकारितामा लागिरहेका सम्पूर्णको हित हुन्छ । म आफ्नो व्यक्तिगत भन्दा पनि समग्र कलाकारिता गजतको भलो होस् भन्ने चाहन्छु’ संघका अध्यक्ष खड्काले भने । 

सँगै रहेका अभिनेता भुवन केसीले पनि नेपाली कांग्रेसले कलाकारको सम्मान गर्ने बताए । ‘हामीले चाहेको सम्मान हो । म जिम्मेवारीबाट पछाडि हट्दिन तर हामीले समग्र यस क्षेत्रमा लाग्नेको हितमा कम होस् भन्ने चाहेका छौँ’ अभिनेता केसीले भने । ‘नेपाली चलचित्र क्षेत्रमा कलाकारिताका माध्यमबाट ४० वर्ष भन्दा लामो समय योगदान दियौं। त्यो योगदानको मूल्यांकन नेपाली कांग्रेसले गर्ने भएपछि हामी यो पार्टीमा प्रवेश गरेका हौं ।’ अभिनेता केसीले भने ।

कार्यक्रममा बोल्ने क्रममा अभिनेता नीर शाहले मुलुकको पहिचान र समुन्नत विकासको लागि संस्कृति महत्वपूर्ण पक्ष भएकाले विपी कोइरालाको भनाइलाई आफूहरूले शिरोधारण गर्दै नेपाली कांग्रेसमा कटिबद्ध भएको बताए । कार्यक्रममा प्रमुख अतिथि प्रकाश शरण महतले कांग्रेसले नेपाली कलाकारितालाई सँगै लिएर अगाडि बढ्ने बताए । ‘हामीले केही प्रयास गरेका थियौँ । तर , गठबन्धनको कारण सम्भव भएन । यद्यपि आउँदा दिनमा हामी साथसाथ अगाडि बढ्न तयार छौँ’ प्रवक्ता महतले भने । 

सार्वजनिक गीतमा कृष्ण बिकप्रिती आलेको स्वर रहेको छ । यसअघि हजुर मुसुक्कै गीत दर्शकमाझ ल्याएर चर्चा कमाएका कृष्णले यो चुनावी गीत पनि निकै मिठोसँग गाएका छन् । एक नारायण भण्डारीले रचना गरेको यो गीतमा संगीत पनि भण्डारीकै रहेको छ । बिजी आग्रीको निर्देशनमा तयार भएको गीतको कोरियाग्राफी कविराज गहतराजले गरेका हुन् । संजय लामाको छायाँकन रहेको गीतको भिडियोमा नेपाली कांग्सरेसम्लग्न विभिन्न कलाकार तथा भातृ सँस्थाका पदाधिकारीहरुको अभिनय छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : ४९ बजे

मोहन वैद्यको स्वास्थ्यमा चमत्कारिक सुधार, हिँडडुल गर्न सक्ने भए

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त र पूर्वसभामुख

अवरूद्ध हवाई सेवा क्रमश: सञ्चालन गर्दै इरान 

एजेन्सी– इरानले आन्तरिक तथा बाह्य उडानका लागि आफ्नो पूर्वी हवाई

लागूऔषध नियन्त्रणमा सहकार्य र समन्वय आवश्यक : मुख्यमन्त्री कार्की 

इनरुवा – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूपदार्थ दुर्व्यसन

इरानी सर्वोच्च नेता खामेनेईले भने- आत्मसमर्पण गर्दैनौँ, अमेरिकी बेसमा फेरि आक्रमण गर्न सक्छौँ

तेहरान- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले बिहीबार एक टेलिभिजन

इरान र रुसका रक्षामन्त्री चीनमा

एजेनसी – मध्यपूर्वमा युद्ध र युरोपमा नेटो राष्ट्रहरूको शिखर सम्मेलनको