यस्तो छ सौगात र दयाको ‘२ नम्बरी’ लुक्स « Khabarhub

यस्तो छ सौगात र दयाको ‘२ नम्बरी’ लुक्स


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दीपेन्द्र लामाको निर्देशनमा छायांकनरत फिल्म ‘२ नम्बरी’ मा रहेका कलाकारहरू सौगात मल्ल र दयाहाङ राईको लुक्स सार्वजनिक भएको छ । फिल्ममा दुई साथीको भूमिकामा छन् । पात्रको लुक्स पनि उस्तै देखिएको छ ।

यी दुई रहेको भिडियो र फोटो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र टिकटकमा भाइरल भइरहेको छ । फिल्मको पात्रलाई लुकाउन नसक्नु फिल्म निर्माताको कमजोरी हुँदै आएको छ ।

छायांकन सेटमा सर्व सुलभ रुपमा मोबाइल प्रयोग गर्न पाइने भएकाले पनि पात्रको लुक्स फिल्म आउँदासम्म नयाँ हुँदैन । सौगात र दयाको ग्याङस्टर लुक्सको हेयरस्टाइल देख्न सकिन्छ ।

कास्कीको ल्वाङ गाउँमा फिल्म छायांकन भइरहेको छ । छायांकनपछि निर्माण युनिट राजधानी फर्किने तयारीमा छ । फिल्ममा सौगात र दयासँगै उगेन छोदेन  र उपासनासिंह ठकुरीको मुख्य भूमिका छ । मित्रताको कथा पेश गर्ने फिल्म आगामी कात्तिक ४ गते रिलिजको तयारीमा छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १ : ३३ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम