प्रधानमन्त्री देउवा भोलि बुटवल आउने « Khabarhub

प्रधानमन्त्री देउवा भोलि बुटवल आउने


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि शनिबार बुटवल आउने भएका छन्।

प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल आउन लागेका नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का सचिव प्रजापाल गिरीले जानकारी दिए।

निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन दलका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको गिरीले जानकारी दिए। उनका अनुसार निर्वाचनमा गठबन्धनलाई एकताबद्ध बनाउन र कार्यकर्तालाई उत्साहित बनाउन सबै दलका नेताले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल तथा महामन्त्री गगनकुमार थापा, नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘बलदेव’ लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १ : ४६ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही