रुसी युद्धपोत डुबाउन अमेरिकाले युक्रेनलाई जासुसी सहयोग गरेको खुलासा | Khabarhub Khabarhub

रुसी युद्धपोत डुबाउन अमेरिकाले युक्रेनलाई जासुसी सहयोग गरेको खुलासा


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी युद्धपोत डुबाउन युक्रेनले गरेको आक्रमणमा अमेरिकाले जासुसी सहयोग गरेको खुलासा भएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूले जनाएअनुसार रुसी फौजको कृष्ण सागरमा रहेको नौसेनाको मोस्कवा युद्धपोत डुबाउन युक्रेनले गरेको आक्रमणका लागि अमेरिकाले जासुसी सूचना उपलब्ध गराएको थियो ।

पहिचान नखुलाइएका अमेरिकी अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई बताएअनुसार ओदेसा बन्दरगाह नजिक रहेको रुसी पानी जहाजबारे युक्रेनले जानकारी मागेको थियो ।

यसको प्रतिक्रियामा अमेरिकाले उक्त पानीजहाज मोस्कवा युद्धपोत भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । पछि सोही सूचनाका आधारमा युक्रेनले मोस्कवालाई लक्षित गरी आक्रमण गरेको बताइएको छ ।

अमेरिकी रक्षा प्रशासन पेन्टागनले यस समाचारको हालसम्म आधिकारिक पुष्टि गरिसकेको छैन । यद्यपि एकजना प्रवक्ताले भने आफ्नो रक्षा गर्नका लागि अमेरिकाले युक्रेनलाई जासुसी सूचना दिएको बताएको बीबीसीले जनाएको छ ।

अवस्थिति निर्क्यौल गर्न सहयोग गरेपनि युक्रेनले उक्त युद्धपोतमा आक्रमण गर्नेबारे आफूहरूलाई थाहा नभएको ती अमेरिकी अधिकारीले बताएको अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गत १३ अप्रिलमा युक्रेनको तटनजिक कृष्ण सगरमा मोस्कवामाथि आक्रमण गरिएको युक्रेनले दाबी गरेको थियो । मोस्कवालाई लक्षित गरी दुई वटा नेप्चुन क्षेप्यास्त्र प्रहार गरिएको युक्रेनी दाबी थियो ।

रुसले त्यसबेला युद्धपोतमा आगलागी भएका कारण मोस्कवामा क्षति पुगेको दाबी गरेको थियो । मोस्कवा १४ अप्रिलमा क्राइमिया प्रायद्विपको सेभास्टोपोल बन्दरगाहतर्फ जाँदै गर्दा कृष्ण सागरमा डुबेको रुसले पुष्टि गरेको थियो ।

यसबारे अमेरिकाले हालसम्म सार्वजनिक टिप्पणी गरिसकेको छैन । यसअघि पेन्टागनका प्रवक्ता जोन किरबीले अमेरिकाले युक्रेनलाई जासुसी सहयोग गर्दै आएको यसअघि सार्वजनिक समाचारको खण्डन गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १ : ४८ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको