नौ महिनामा २० करोडको छाता नेपाल भित्रियो  | Khabarhub Khabarhub

नौ महिनामा २० करोडको छाता नेपाल भित्रियो 


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो । 

विभागका अनुसार सो अवधिमा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको छ । नेपालमा छाता चीन, भारत, क्रोएसिया, हङकङ, इजरायल, दक्षिण कोरिया, सिंगापुर, थाइल्याण्ड र बेलायतबाट आउने गरेको छ । 

पछिल्लो नौ महिनामा चीनबाट मात्र नेपालमा १७ करोड ९ लाख ६० हजार रुपैयाँको छाता आएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३५ करोड १९ लाख ७९ हजार रुपैयाँको छाता आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : ३९ बजे

ट्रम्पले गभर्नरलाई दिए राजीनामा दिन निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको