विश्व महिला बक्सिङमा सहभागि हुने टोलीको बिदाइ « Khabarhub

विश्व महिला बक्सिङमा सहभागि हुने टोलीको बिदाइ


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टर्कीमा आयोजना हुने आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको विदाइ गरिएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको सचिवालयमा आज बिहान भएको एक कार्यक्रममा राखेपका सदस्य सचिव टंक लाल घिसिङले ४ महिला बक्सर, २ जना प्रशिक्षक र १ टोली व्यवस्थापकको बिदाइ गरेका हुन् ।

टर्कीको इस्तानबुलमा आगामी मे ८ बाट महिला बक्सिङ च्याम्पियन्सिप आयोजना हुँदैछ । प्रतियोगिता १९ अप्रिलसम्म चल्नेछ । प्रतियोगितामा ८३ देशका ३ सय ९२ खेलाडीले सहभागिता जनाउनेछन् ।

नेपालको तर्फबाट उदीयमान महिला बक्सर सुस्मा तामाङले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन् । यस अघि आइबा युथ वर्ल्ड च्याम्पियनसिपमा तामाङले उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरियतामा छैटौँ स्थानमा उक्लिन सफल भएकी थिइन् ।

त्यस्तै, मिनु गुरुङले ५७ केजी तौल समुहमा प्रतिस्पर्धा गर्नेछिन् । गुरुङले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि स्वर्ण एवम् एसियन ग्राण्डस्लाम बक्सिङ च्याम्पियनसिपमा समेत रजत पदक जित्न सफल भएकी थिइन् ।

त्यसैगरी, चन्द्रकला थापाले ५७ केजी तौल समुहमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । थापाले गत वर्ष भएको आर्मीको विश्वस्तरको खेलमा एउटा खेल जित्न सफल भएकी थिइन्

पुनम रावलले ६० केजी तौल समुहमा प्रतिस्पर्धा गर्नेछिन् । रावलले अल इन्डिया ओपन च्याम्पियनसिपमा र भर्खरै थाइल्याण्डको फुकेटमा सम्पन्न थाइल्याण्ड ओपन इन्टरनेशनले बक्सिङ प्रतियोगितामा काश्य पदक जित्न सफल भएकी थिइन् ।

च्याम्पियनसिपमा नेपालको तर्फबाट प्रमुख प्रशिक्षक प्रकाश थापामगर तथा आइबा थ्रि स्टार कोच एवम् एसियन पदकधारी दीपक महर्जन रहेका छन ।

टिम व्यवस्थापकमा नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य एवम् योगा थेरापिस्ट पुष्कर राज पन्त रहेका छन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीले एक लाख, दोस्रो स्थान प्राप्त गर्नेले पचास हजार, तथा तेस्रो स्थान प्राप्त गर्नेले पच्चीस हजार अमेरिकन डलर प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  २ : ५४ बजे

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी