विश्व महिला बक्सिङमा सहभागि हुने टोलीको बिदाइ | Khabarhub Khabarhub

विश्व महिला बक्सिङमा सहभागि हुने टोलीको बिदाइ


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टर्कीमा आयोजना हुने आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको विदाइ गरिएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको सचिवालयमा आज बिहान भएको एक कार्यक्रममा राखेपका सदस्य सचिव टंक लाल घिसिङले ४ महिला बक्सर, २ जना प्रशिक्षक र १ टोली व्यवस्थापकको बिदाइ गरेका हुन् ।

टर्कीको इस्तानबुलमा आगामी मे ८ बाट महिला बक्सिङ च्याम्पियन्सिप आयोजना हुँदैछ । प्रतियोगिता १९ अप्रिलसम्म चल्नेछ । प्रतियोगितामा ८३ देशका ३ सय ९२ खेलाडीले सहभागिता जनाउनेछन् ।

नेपालको तर्फबाट उदीयमान महिला बक्सर सुस्मा तामाङले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन् । यस अघि आइबा युथ वर्ल्ड च्याम्पियनसिपमा तामाङले उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरियतामा छैटौँ स्थानमा उक्लिन सफल भएकी थिइन् ।

त्यस्तै, मिनु गुरुङले ५७ केजी तौल समुहमा प्रतिस्पर्धा गर्नेछिन् । गुरुङले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि स्वर्ण एवम् एसियन ग्राण्डस्लाम बक्सिङ च्याम्पियनसिपमा समेत रजत पदक जित्न सफल भएकी थिइन् ।

त्यसैगरी, चन्द्रकला थापाले ५७ केजी तौल समुहमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । थापाले गत वर्ष भएको आर्मीको विश्वस्तरको खेलमा एउटा खेल जित्न सफल भएकी थिइन्

पुनम रावलले ६० केजी तौल समुहमा प्रतिस्पर्धा गर्नेछिन् । रावलले अल इन्डिया ओपन च्याम्पियनसिपमा र भर्खरै थाइल्याण्डको फुकेटमा सम्पन्न थाइल्याण्ड ओपन इन्टरनेशनले बक्सिङ प्रतियोगितामा काश्य पदक जित्न सफल भएकी थिइन् ।

च्याम्पियनसिपमा नेपालको तर्फबाट प्रमुख प्रशिक्षक प्रकाश थापामगर तथा आइबा थ्रि स्टार कोच एवम् एसियन पदकधारी दीपक महर्जन रहेका छन ।

टिम व्यवस्थापकमा नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य एवम् योगा थेरापिस्ट पुष्कर राज पन्त रहेका छन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीले एक लाख, दोस्रो स्थान प्राप्त गर्नेले पचास हजार, तथा तेस्रो स्थान प्राप्त गर्नेले पच्चीस हजार अमेरिकन डलर प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  २ : ५४ बजे

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय