जिम्बाब्वे ‘ए’ सँग नेपाल ३ विकेटले पराजित « Khabarhub

जिम्बाब्वे ‘ए’ सँग नेपाल ३ विकेटले पराजित


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल जिम्बाब्वे ‘ए’ सँग ३ विकेटले पराजित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल जिम्बाब्वे ‘ए’ सँग पराजित भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३१ ओभर ३ बलमा समेटिदा मात्र १ सय ३६ रन बनाउन सफल भएको थियो । नेपालका लागि सोमपाल कामीले ३० र करन केसीले २५ रन जोडे ।

कुशल भुर्तेलले १९ रन र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए । नेपाललाई सस्तैमा समेट्न जिम्बाब्वे ‘ए’ का ब्राड इभान्सले ४ र ब्राण्डन मभुटाले २ विकेट लिए ।

१ सय ३७ रनको लक्ष्य जिम्बाब्वे ए ले २६ ओभरमा ७ विकेट गुमाएर भेटायो । उसको जितमा इनोसेन्स काईआले ४८ रन र सेफास जुवाओले ३२ रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र करन केसीले २–२ तथा सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

सिरिज अन्तर्गतको दोस्रो एक दिवसीय खेलमा नेपाल र जिम्बाब्वे ‘ए’ भोलि बिहान साढे ९ बजे भिड्नेछन् । तेस्रो खेल भने बैशाख २६ गते हुनेछ ।

यसअघि दुई देशबीच सम्पन्न भएको टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले एउटामा जित र अर्कोमा हार व्यहोरेको थियो । एक टी–ट्वान्टी खेल भने वर्षाका कारण रद्द भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : ०२ बजे

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने