तेश्रो दिन पनि मारिउपोलबाट सर्वसाधारणलाई बाहिर निकालिँदै | Khabarhub Khabarhub

तेश्रो दिन पनि मारिउपोलबाट सर्वसाधारणलाई बाहिर निकालिँदै


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको चपेटामा परेको युक्रेनको मारिउपोल शहरबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने कार्य तेश्रो दिन पनि जारी रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले शहरबाट सर्वसाधारणको उद्धार गर्ने कार्य तेश्रो दिन पनि जारी रहेको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

गुटरेजले ‘मानिसहरुलाई नर्कबाट निकाल्न’ हरसम्भव प्रयास हुनुपर्नेमा समेत जोड दिएका छन् । मारिउपोल शहरमा युक्रेनी फौजको नियन्त्रणमा रहेको एजोभस्तल औद्योगिक क्षेत्रमा अझै पनि २ सय जनाजति सर्वसाधारण फसिरहेको बताइएको छ ।

तीमध्ये २० जना बालबालिका रहेको र उनीहरु फसेको स्थानमा खानेकुरा र पानीको चरम अभाव रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सर्वसाधारणको उद्धार कार्य जारी रहेपनि शहरमा लडाइ भने जारी रहेको बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नियमित सन्देशमा रुसी फौजले औद्योगिक क्षेत्रमा गोलाबारी र नियन्त्रण जमाउने प्रयासलाई निरन्तरता दिएको जनाएका छन् ।

यता रुसले भने एजोभस्तल क्षेत्रमा आफ्ना फौजले आक्रमण नगरेको बताउँदै आएको छ । रुसले बिहीबारबाट सो क्षेत्रमा मानवीय करिडोर खोल्नका लागि एकतर्फी युद्धविराम पनि घोषणा गरेको जनाइएको छ ।

यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने मारिउपोलमा सर्वसाधारणलाई सुरक्षित मार्ग दिन आफूहरु तयार रहेको बताएका छन् । यद्यपि यसका लागि युक्रेनी फौजले आत्मसमर्पण गर्नुपर्ने उनको अडान छ ।

राष्ट्रपति पुटिनले यसअघि नै मारिउपोल जितेको दाबी गरिसकेका छन् । मारिउपोलको अधिकांश क्षेत्रमा रुसी फौजले कब्जा जमाएपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने अझै युक्रेनी फौजको पकड रहेको बताइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : २२ बजे

ट्रम्पले गभर्नरलाई दिए राजीनामा दिन निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको