गृहिणीलाई मात्र होइन विधुर पुरुषका लागि पनि भत्ताको व्यवस्था गर्छु : सिर्जना सिंह « Khabarhub

गृहिणीलाई मात्र होइन विधुर पुरुषका लागि पनि भत्ताको व्यवस्था गर्छु : सिर्जना सिंह


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकामा  मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौँलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन् ।

रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावीसभामा नेतृ सिंहले असुरक्षित रहेको काठमाडौँलाई सुरक्षित बनाएर ढुक्कले बस्न सक्ने वातावरण बनाउनु पहिलो प्राथमिकता रहेको बताएकी हुन् ।

काठमाडौँ महानगरमा फोहोरको समस्या, सडकको समस्या, बेराजगारीको समस्या रहेको भन्दै त्यसको समाधान गर्ने पनि बताइन् । युवाहरूका लागि विशेष योजना अघि सार्ने उनको प्रतिबद्धता छ ।

‘अहिलेसम्म युवाहरूले धेरै दिए । अब मैले जितेमा युवाहरूलाई दिनेछु । उनीहरूमा देखिएको बेरोजगारी समस्या समाधान गर्नेछु,’ सिंहले भनिन् ।

शिक्षाको गुणस्तर बढाउनतिर आफ्नो प्राथमिकता हुने बताइन् । ‘सरकारी विद्यालयमा पढ्दा शिक्षाको गुणस्तर एकदमै कमजोर देखिएको छ । यसलाई गुणस्तरीय बनाउन मेरो ध्यान हुनेछ,’ उनले भनिन् ।

गृहिणी महिलालाई विशेष भत्ताको व्यवस्था मात्र नभएर विधुर पुरुषहरूका लागि समेत भत्ताको व्यवस्था गर्ने उनको भनाइ छ । २४ सैँ घण्टा काठमाडौँका बजार खुल्ला गर्ने गरी पहल गर्नेसमेत उनले बताइन् ।

‘यसका लागि म एक्लैले सक्दिनँ । यसमा म त एउटा पात्र मात्र हुँ । यसमा विज्ञहरूसँग छलफल गरेर काठमाडौँको बजार क्षेत्र २४ घण्टा नै खुल्ला गराउनेछु,’ सिंहले भनिन् ।

काठमाडौँ सार्वजनिक स्थानमा सार्वजनिक शौचालय राख्नुका साथै निःशुल्क खानेपानीको व्यवस्था पनि गर्ने उनको भनाइ छ । काठमाडौँका मतदाताको शिर निहुरीने काम गर्न नदिने उनले प्रतिबद्धता जनाइन् ।

‘म महानगरमा कामका लागि आउने दाजुभाइ दिदिबहिनीको शिर निहुरिन दिने छैन । म काठमाडौँलाई महान घर जस्तो बनाएर राख्नेछु । यहाँ आउने सबैलाई राम्रोसँग सेवा प्रवाह गर्नेछु ।’ सिंहले भनिन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ०८ बजे

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौं– आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको

कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसे

कुवेत- कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसेको समाचार आएको

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा