जेठबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदाको तयारी « Khabarhub

जेठबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदाको तयारी


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल) मा लागू गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल) मा पनि बिदा दिने तयारी गरेको हो । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराए ।

“सरकारले गरेको निर्णयानुसार अस्पतालमा पनि दुई दिन बिदा हुन्छ”, उनले भने, “तर पनि हामीले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अन्य वैकल्पिक उपायबारे पनि छलफल गरिरहेका छौँ ।”

अस्पतालमा दुई दिन बिदा दिँदा खुलेको दिन बिरामीको उपचार गराउन भीड हुने सम्भावना रहेको छ ।

सचिव डा. पोखरेलले आकस्मिक सेवालाई भने व्यवस्थित बनाइने बताए ।

सरकारले जेठदेखि सरकारी कार्यालय बिहान ९ः३० बजेदेखि बेलुका ५ः३० बजेसम्म सञ्चालन निर्णय यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ४८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना