प्रचण्डको गुनासो– कसैलाई छोरी र कसैलाई श्रीमतीका रूपमा प्रचार गरी महिलाको अवमूल्यन गरियो « Khabarhub

प्रचण्डको गुनासो– कसैलाई छोरी र कसैलाई श्रीमतीका रूपमा प्रचार गरी महिलाको अवमूल्यन गरियो


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिले कसैलाई छोरी र कसैलाई श्रीमतीका रूपमा प्रचार गरेर महिलाको अवमूल्यन गरेको बताएका छन् ।

आज पाँच दलीय गठबन्धनले राजधानीको शान्तिबाटिकामा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले उक्त कार्यको आफूले विरोध गर्नेसमेत बताए ।

‘कसैलाई छोरीको रूपमा, कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलाको क्षमताको अवमूल्यन गर्ने कोसिस एकथरि मानिसहरूले गरेका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘म त्यो प्रवृतिको ह्दयदेखि विरोध गर्न चाहन्छु ।’

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल र काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहकी श्रीमती सिर्जना सिंहले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।

केही नेताहरूले उनीहरूको विषयमा आलोचना गरेपछि प्रचण्डले आज त्यसको विरोध गरेका हुन् ।

‘हिजो युद्धको बेलामा, शान्तिको बेलामा, संविधान निर्माणको बेलामा महिलालाई कसरी राष्ट्रको पक्षमा सदुपयोग गर्ने भनेर संविधानमा एउटा मूलभूत व्यवस्था गरिएको थियो, तर व्यवहारमा लागु गर्ने क्रममा कहिँ न कहिँ चुकिरहेका थियौँ । अहिले यो प्रक्रिया अघि बढेको छ । म खुसी व्यक्त गर्न चाहन्छु,’ अध्यक्ष प्रचण्डले भने ।

काठमाडौँको महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई विजयी गराउनु भनेको साच्चै परिवर्तनलाई विजयी गराउनु रहेको दाबी उनले गरे ।

‘अहिले जहाँ जहाँ महिला कार्यकारी भूमिका छन् त्यहाँ राम्रो काम भएको छ । महिलाहरूमाथि विश्वास गर्नु देशकै आवश्यकता हो,’ उनले भने ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ५ : ३९ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित