‘मनोरञ्जन गर्न कलाकारलाई छाडिदिऊँ ‘ « Khabarhub

‘मनोरञ्जन गर्न कलाकारलाई छाडिदिऊँ ‘


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता तथा नेता प्रकाश शरण महतले मनोरञ्जनको काम कलाकारलाई छाड्न आग्रह गरेका छन् । नेपाली कांग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै त्यस्तो भनेका हुन् । ‘अहिले राष्ट्रिय स्तरमा मनोरञ्जन चलिरहेको छ । अब त महानगरमा पनि सुरु भएको छ । मनोरञ्जन गराउने काम कलाकारहरूको हो । त्यो उहाँहरूलाई छाडिदिऊँ । हाम्रो काम जनताको सेवामा हो । त्यसमा सिरियस भएर लागौँ’ नेता महतले भने ।

उनले आफूहरूले जाम गरेर पनि प्रचार गर्न नजानेको बताए । ‘हामी कांग्रेसीले काम त गर्छौं तर प्रचार गर्न जान्दैनौँ। तर, उहाँहरु प्रचारमा निकै पोख्त हुनुहुन्छ । निकै प्रचार गर्नु हुन्छ तर त्यो अनुसार काम हुँदैन। भन्न सजिलो छ, काम गर्न निकै गाह्रो’ उनले भने । जनतालाई झुटा आश्वासन बाढेर बटुलेको मतको इज्जत गर्न नसकेको आरोप लगाउँदै नेता महतले अहंकार र मै हुँ भन्ने मानसिकताले देश अगाडि नबढ्ने बताए ।

‘उहाँको अहंकारले उहाँकै पार्टी भित्र विद्रोह भयो। त्यसपछि नेपालमा कांग्रेसको माग भएपछि नेतृत्व लिएका हौँ । कोरोना भाइरसको महामारीले उत्पन्न परिस्थितिलाई विस्तारै सहज बनाएका छौं। उद्योग खुलेका छन्, सबैले खोप लगाएका छन् । सहज परिस्थिति बनाउँदै छौँ’ नेता महतले भने । उनले देश श्रीलंकाको बाटोमा गैरहेको अवस्थामा कांग्रेसले त्यसलाई विस्तारै रोकेको बताए ।

‘ओलीजीको सरकारको बेलामा देशमा ऋण माथि ऋण भयो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमकै नाममा १९ अर्ब ऋण लिएर नजिकका लाई बाँडियो । त्यस्ता दुरुपयोगको शृंखला अहिले रोकिएको छ । नेपाली कांग्रेसको नेतृत्व आउने बितीकै अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता बढेको छ । नेपालमा पनि विश्वसनीयता बढेको छ ‘ नेता महतले भने । उनले नेपाली जनताले ओलीजीको रवैया हेरिसकेकाले अब नेपाली कांग्रेसलाई मत दिनेमा आफू विश्वस्त रहेको बताए ।

यसका साथै उनले आउँदो दिनमा सम्पूर्ण क्षेत्रका व्यक्तित्वलाई समेटेर अगाडि बढ्ने समेत बताए । ‘हामी कलासँगै अन्य सम्पूर्ण क्षेत्रका व्यक्तित्वहरुलाई कांग्रेसमा जोड्न चाहन्छौँ । सबैको उचित सम्मान र उचित अवसर हुनेछ’ उनले भने । कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाहसँगै केही दिन अगाडि मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र अभिनेता भुवन केसी पनि उपस्थित थिए ।

उक्त कार्यक्रममा चुनावलाई लक्षित गरेर तयार पारिएको गीत जय नेपाल सबैको मुखमा…,गीत सार्वजनिक गरियो । सार्वजनिक गीतमा कृष्ण बिक र प्रिती आलेको स्वर रहेको छ । यसअघि हजुर मुसुक्कै गीत दर्शकमाझ ल्याएर चर्चा कमाएका कृष्णले यो चुनावी गीत पनि निकै मिठोसँग गाएका छन् । एक नारायण भण्डारीले रचना गरेको यो गीतमा संगीत पनि भण्डारीकै रहेको छ । बिजी आग्रीको निर्देशनमा तयार भएको गीतको कोरियाग्राफी कविराज गहतराजले गरेका हुन् । संजय लामाको छायाँकन रहेको गीतको भिडियोमा नेपाली कांग्रेससंग्लग्न विभिन्न कलाकार तथा भातृ सँस्थाका पदाधिकारीहरुको अभिनय छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : ३३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना