जोनीमाथि एम्बरले लगाइन् यौन दुर्व्यवहारको आरोप | Khabarhub Khabarhub

जोनीमाथि एम्बरले लगाइन् यौन दुर्व्यवहारको आरोप


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘पाइरेट्स अफ दी क्यारेबियन’ अभिनेता जोनी डेप लाई पुर्वपत्नी एम्बर हर्डले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । यो यौन दुर्व्यवहारको घटनाले हलिउड तरंगित बनेको छ । जोनी डेप र एम्बर हर्डको यो मुद्दाको बुधबार र बिहीबार अदालतमा बयान लिने काम भएको थियो । बिहीबार अदालतमा उपस्थित हुँदै एम्बर हर्डले जोनीले आफूमाथि यौन हिंसा गरेको भन्दै रुँदै बयान दिएकी थिइन् ।

जोनी डेप र एम्बर हर्डको भेट हलिवुड फिल्म ‘द रम डायरी(२०११)’को सेटमा भएको थियो । सन् २०१२ मा दुवैजना प्रेममा रहेको खबर बाहिरियो र सन् २०१५ मा दुवैले विवाह गरे । तर विवाह भएको १५ महिना पनि नबित्दै, अभिनेत्री एम्बर हर्डले आफ्नो अनुहारमा लागेको चोटका दागहरु सहित, जोनी डेपसँग सम्बन्ध बिच्छेदका लागी निवेदन दिइन् ।

सन् २०१८मा एम्बर हर्डले, आफू घरेलु हिंसाको शिकार भएको भन्दै वाशिङ्टन पोष्ट पत्रिकामा एउटा लामो लेख लेखेकी थिइन् । त्यस लेखमा कसैको नाम नखुलाइएको भएता पनि अभिनेता जोनी डेपले उक्त लेखले उनको मान हानी भएको र प्रोफेसनल करियरमा पनि असर गरेको भन्दै आफ्नी पूर्वपत्नी एम्बर हर्ड विरुद्ध ५० मिलियन डलर बराबरको मानहानी मुद्दा दर्ता गरे । बदलामा डेपकी एम्बर हर्डले १०० मिलियन डलरको केस दर्ता गरिन् ।

अहिले यस सिभिल केसको सुनुवाइ भैरहेको छ। केसको सुनुवाइमा, अभिनेत्री हर्ड निकै रोइन र अभिनेता डेपले विवाह लगत्तै हत्या गर्ने धम्की दिएको र मदिराको बोतल लिएर यौन दुर्व्यवहार प्रयास गरेको आरोप लगाइन् । विवाह लगत्तै सन् २०१५ मा अष्ट्रेलियामा भएको ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म छायांकनको बेला आफू पूर्वपतिलाई भेट्न अष्ट्रेलिया पुगेको र त्यहाँ एक महिना बिताएको समेत हर्डले उल्लेख गरेकी छन् ।

पहिलो साँझ डिनरको बेला डिपसँग भनाभन भएको उनले बताइन् । त्यसक्रममा मदिरा पिएका डेपले आफूलाई रेफ्रिजेरेटरतर्फ धकेलेको र घाँटी थिचेको समेत उनले बताइन् । ५८ वर्षीय अभिनेता डेपविरुद्ध केही सातादेखि लस एन्जलस अदालतमा यौन दुर्व्यवहारको मुद्दा चलिरहेको छ । अब अदालतमा मे १६ मा बयानको अर्को शृंखला सुरु हुनेछ । मुद्धाको अन्तिम फैसला भने मे २७ मा हुनेछ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : ०२ बजे

जलविद्युत आयोजनाका कर्मचारीको मृत्यु

पोखरा– म्याग्दीको रघुगंगा गाउँपालिका–८,बन्दीमा निर्माणाधीन जलविद्युत आयोजनाका कर्मचारी हरिओम चौधरीको

आन्दोलित शिक्षकलाई प्रचण्डको अपिल– पटकपटक धोका भएको छ, आन्दोलन नरोक्नू

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पूष्पकमल

घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव घनश्याम भुसालले देश डुबाएर

विश्व नेताहरू फ्रान्सिसको अन्त्येष्टिमा उपस्थित हुने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसम्मका

बेगनास तालमा सशस्त्र प्रहरीको कम्युनिटी सर्च एन्ड रेस्क्यु अभ्यास 

पोखरा– बेगनास तालमा कम्युनिटी सर्च एन्ड रेस्क्यु तालिम र विपद्