जोनीमाथि एम्बरले लगाइन् यौन दुर्व्यवहारको आरोप « Khabarhub

जोनीमाथि एम्बरले लगाइन् यौन दुर्व्यवहारको आरोप


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘पाइरेट्स अफ दी क्यारेबियन’ अभिनेता जोनी डेप लाई पुर्वपत्नी एम्बर हर्डले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । यो यौन दुर्व्यवहारको घटनाले हलिउड तरंगित बनेको छ । जोनी डेप र एम्बर हर्डको यो मुद्दाको बुधबार र बिहीबार अदालतमा बयान लिने काम भएको थियो । बिहीबार अदालतमा उपस्थित हुँदै एम्बर हर्डले जोनीले आफूमाथि यौन हिंसा गरेको भन्दै रुँदै बयान दिएकी थिइन् ।

जोनी डेप र एम्बर हर्डको भेट हलिवुड फिल्म ‘द रम डायरी(२०११)’को सेटमा भएको थियो । सन् २०१२ मा दुवैजना प्रेममा रहेको खबर बाहिरियो र सन् २०१५ मा दुवैले विवाह गरे । तर विवाह भएको १५ महिना पनि नबित्दै, अभिनेत्री एम्बर हर्डले आफ्नो अनुहारमा लागेको चोटका दागहरु सहित, जोनी डेपसँग सम्बन्ध बिच्छेदका लागी निवेदन दिइन् ।

सन् २०१८मा एम्बर हर्डले, आफू घरेलु हिंसाको शिकार भएको भन्दै वाशिङ्टन पोष्ट पत्रिकामा एउटा लामो लेख लेखेकी थिइन् । त्यस लेखमा कसैको नाम नखुलाइएको भएता पनि अभिनेता जोनी डेपले उक्त लेखले उनको मान हानी भएको र प्रोफेसनल करियरमा पनि असर गरेको भन्दै आफ्नी पूर्वपत्नी एम्बर हर्ड विरुद्ध ५० मिलियन डलर बराबरको मानहानी मुद्दा दर्ता गरे । बदलामा डेपकी एम्बर हर्डले १०० मिलियन डलरको केस दर्ता गरिन् ।

अहिले यस सिभिल केसको सुनुवाइ भैरहेको छ। केसको सुनुवाइमा, अभिनेत्री हर्ड निकै रोइन र अभिनेता डेपले विवाह लगत्तै हत्या गर्ने धम्की दिएको र मदिराको बोतल लिएर यौन दुर्व्यवहार प्रयास गरेको आरोप लगाइन् । विवाह लगत्तै सन् २०१५ मा अष्ट्रेलियामा भएको ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म छायांकनको बेला आफू पूर्वपतिलाई भेट्न अष्ट्रेलिया पुगेको र त्यहाँ एक महिना बिताएको समेत हर्डले उल्लेख गरेकी छन् ।

पहिलो साँझ डिनरको बेला डिपसँग भनाभन भएको उनले बताइन् । त्यसक्रममा मदिरा पिएका डेपले आफूलाई रेफ्रिजेरेटरतर्फ धकेलेको र घाँटी थिचेको समेत उनले बताइन् । ५८ वर्षीय अभिनेता डेपविरुद्ध केही सातादेखि लस एन्जलस अदालतमा यौन दुर्व्यवहारको मुद्दा चलिरहेको छ । अब अदालतमा मे १६ मा बयानको अर्को शृंखला सुरु हुनेछ । मुद्धाको अन्तिम फैसला भने मे २७ मा हुनेछ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : ०२ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि

आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ?

काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

भद्रपुर– ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका

औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

काठमाडौं– सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति