२ करोड डलर ठगी गर्ने चिनियाँ नागरिकलाई अमेरिकामा ५२ महिनाको कारावास सजाय « Khabarhub

२ करोड डलर ठगी गर्ने चिनियाँ नागरिकलाई अमेरिकामा ५२ महिनाको कारावास सजाय


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको महामारीका बेला २ करोड अमेरिकी डलर ठगी गर्ने चिनियाँ नागरिकलाई अमेरिकामा ४ वर्ष भन्दा धेरै कारावासको सजाय सुनाइएको छ ।

महामारीका बेला अमेरिका सरकारले प्रदान गरेको कोभिड राहत कार्यक्रममा २ करोड डलर ठगी गरेकोमा दोषी ठहर गर्दै अमेरिकी अदालतले हम्मर मार्स भनिने चिनियाँ नागरिक मुग मालाई ५२ महिनाको कारावास सजाय सुनाएको हो ।

उनले ‘पेचेक प्रोटेक्सन प्रोग्राम’ र ‘इकोनोमिक इन्जुरी डिजास्टर लोन’ जस्ता कार्यक्रममा माले झूठो विवरण पेश गरी २ करोड डलर ठगी गरेका थिए ।

यसअघि पनि उनी बैंक ठगी र पहिचान चोरीको कसुरमा दोषी ठहर भइसकेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उनलाई सन् २०२० मे २१ मा पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : ०३ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई