जोगिन्दरले बनाए कांग्रेसलाई भोट किन ? (भिडियो)  « Khabarhub

जोगिन्दरले बनाए कांग्रेसलाई भोट किन ? (भिडियो) 


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै आफू आवद्ध भएको दललाई भोट माग्ने क्रममा कलाकारहरु पनि देखिएका छन् । ३० वैशाखको स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न कलाकर्मीहरूले आफू नजिकका राजनीतिक दललाई सघाउने उद्देश्यले गीत संगीत तथा कमेडी सार्वजनिक गरिरहेका छन् ।

यस्तैमा चर्चित हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले पनि नेपाली कांग्रेसलाई चुनावमा सघाउने उद्देश्यले ‘कांग्रेसमा भोट किन ?’ हास्य ब्यङ्ग्य ल्याएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका महामन्त्री समेत रहेका जोगिन्दरले रुखमा भोट हाल्न आग्रहदेखि कांग्रेसले पहिलेदेखि पछिल्लो समयसम्म गरेको कामको चर्चा समेत गरिएको छ । ७ मिनेट २२ सेकेन्डको हास्य ब्यङ्ग्यले कांग्रेसलाई चुनावमा सघाउने उद्देश्यले बनाएको बताए । ‘हामीले कांग्रेसलाई भोट हाल्ने आधारलाई भिडियो मार्फत प्रस्ट्याउने कोसिस गरेका हौँ । मैंले तयार परेको भिडियोले रुखमा नै भोट किन ? भन्ने प्रश्नको जवाफ दिन्छ’ जोगिन्दरले भने ।

उनी पछिल्लो समय टेलिभिजनमा नयाँ कमेडी सो  ‘जोगिन्दर मुखियाजी’ मार्फत चर्चामा छन् । 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : ३४ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको