पब्लिक यूथ क्याम्पसले जित्यो बीबीए क्रिकेटको उपाधि « Khabarhub

पब्लिक यूथ क्याम्पसले जित्यो बीबीए क्रिकेटको उपाधि


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयोजक पब्लिक यूथ क्याम्पसले लगातार तेस्रो पटक टीयू बीबीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पब्लिक युथले कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजीलाई (केसीएमआईटी) १२ रनले पराजित गर्‍यो ।

पब्लिक युथले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा केसीएमआईटीले पूरै २० ओभर ब्याटिङ गरेता पनि ८ विकेट क्षतिमा १३७ रन मात्र बनायो ।

केसीएमआईटिको ब्याटिङमा सुवास सापकोटाले सर्वाधिक ५३ रन तथा अमित अमित मरहट्टाले ३१ रन बनाए। पब्लिक यूथका बलर दिवश भट्टराई र सुशान्त सिंहले २/२ विकेट तथा रबिन साउद र सुबोध लामिछानेले १/१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको पब्लिक यूथ क्याम्पसले २० ओभरमा ४ विकेट क्षतिमा १४९ रन बनाएको थियो ।

पब्लिक यूथको ब्याटिङमा रबिन साउदले सर्वाधिक ६२ रन बनाए जुन क्रममा उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै इर्शाद अलिले २२, निरञ्जन ढकालले १७ तथा सुनिल थापाले १५ रन बनाए। केसीएमआईटीका बलर सक्षम उप्रेती, सुवास सापकोटा र सवन भण्डारीले १/१ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पब्लिक यूथका रबिन साउद घोषित भए। यस्तै उत्कृष्ट बलर पब्लिक यूथका दिवस भट्टराई र उत्कृष्ट ब्याट्सम्यान सुशान्त सिंह घोषित भए ।

उपाधिसँगै पब्लिक यूथ क्याम्पसले ८५ हजार रुपैयाँ तथा उपविजेता केसीएमआईटीले ३५ हजार रुपैयाँ प्राप्त गरे । विजेता खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार वितरण गरे ।

म्यान क्यान डुले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका १८ क्याम्पस सहभागी थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ८ : ३७ बजे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न