गठबन्धनमा समन्वय गर्न सम्बद्ध दलको सचिवालय क्रियाशील रहने | Khabarhub Khabarhub

गठबन्धनमा समन्वय गर्न सम्बद्ध दलको सचिवालय क्रियाशील रहने


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धनका दलहरूबीच असमझदारी सिर्जना भएमा आपसी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सम्बद्ध दलका सचिवालय क्रियाशील रहने जनाएको छ ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयका संयोजक एवं पार्टी केन्द्रीय सदस्य नानु बाँस्तोलाको अध्यक्षतामा गठबन्धनमा सामेल राजनैतिक दलका सचिवालय पदाधिकारी एवं सदस्यहरूको बैठकले यो निर्णय गरेको हो । बैठकले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र सौहाद्र तबरले सम्पन्न गराउन गठबन्धनमा रहेका सबै राजनीतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिबद्ध रहने निर्णय गरेको छ ।

यसैगरी गठबन्धनमा रहेका दलहरूबीच आपसी समझदारीमा दिइएका उम्मेदवारविरुद्ध गठबन्धनभित्रैका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्क्रिय गराउन आवश्यक पहल गर्न सम्बन्धित दलको नेतृत्व समक्ष आग्रह गर्ने र त्यस्ता उम्मेदवारबारे हरेक दलले एक अर्कालाई जानकारी गराउने निर्णय गरिएको छ ।

स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धन दलबाहेक अन्य राजनीतिक दलसँग असहमति वा असमझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलरूरुबीच मतैक्यता कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहने जनाइएको छ । बैठकमा कांग्रेसका बाँस्तोला, नेकपा (माओवादी केन्द्र) का डोरप्रसाद उपाध्याय, नेकपा (एकीकृत समाजवादी) का लक्ष्मण केसी, जनता समाजवादी पार्टी नेपालका लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चा हिमलाल पुरी उपस्थित थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १० : ३७ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक