गठबन्धनमा समन्वय गर्न सम्बद्ध दलको सचिवालय क्रियाशील रहने « Khabarhub

गठबन्धनमा समन्वय गर्न सम्बद्ध दलको सचिवालय क्रियाशील रहने


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धनका दलहरूबीच असमझदारी सिर्जना भएमा आपसी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सम्बद्ध दलका सचिवालय क्रियाशील रहने जनाएको छ ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयका संयोजक एवं पार्टी केन्द्रीय सदस्य नानु बाँस्तोलाको अध्यक्षतामा गठबन्धनमा सामेल राजनैतिक दलका सचिवालय पदाधिकारी एवं सदस्यहरूको बैठकले यो निर्णय गरेको हो । बैठकले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र सौहाद्र तबरले सम्पन्न गराउन गठबन्धनमा रहेका सबै राजनीतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिबद्ध रहने निर्णय गरेको छ ।

यसैगरी गठबन्धनमा रहेका दलहरूबीच आपसी समझदारीमा दिइएका उम्मेदवारविरुद्ध गठबन्धनभित्रैका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्क्रिय गराउन आवश्यक पहल गर्न सम्बन्धित दलको नेतृत्व समक्ष आग्रह गर्ने र त्यस्ता उम्मेदवारबारे हरेक दलले एक अर्कालाई जानकारी गराउने निर्णय गरिएको छ ।

स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धन दलबाहेक अन्य राजनीतिक दलसँग असहमति वा असमझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलरूरुबीच मतैक्यता कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहने जनाइएको छ । बैठकमा कांग्रेसका बाँस्तोला, नेकपा (माओवादी केन्द्र) का डोरप्रसाद उपाध्याय, नेकपा (एकीकृत समाजवादी) का लक्ष्मण केसी, जनता समाजवादी पार्टी नेपालका लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चा हिमलाल पुरी उपस्थित थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १० : ३७ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको