कांग्रेस गण्डकी प्रदेश समितिद्वारा सङ्कल्प पत्र सार्वजनिक « Khabarhub

कांग्रेस गण्डकी प्रदेश समितिद्वारा सङ्कल्प पत्र सार्वजनिक


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा शान्ति, स्थिरता र समृद्धि हासिल गर्नका लागि गण्डकी प्रदेशको सङ्कल्प सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज कांग्रेसका केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतले सामूहिक रूपमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् ।

कांग्रेसले सङ्कल्पमा पाँच वर्षका लागि विभिन्न ३० वटा प्रतिबद्धता व्यक्त गरेको छ भने १० वर्षका लागि १० प्रतिबद्धता व्यक्त गरेको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, मानव संशाधन, रोजगारीलगायत क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको कांग्रेसले पाँच वर्षे प्रतिबद्धताव्यक्त गरेको हो । प्रत्येक वर्ष ५० हजार नयाँ रोजगार/स्वरोजगार सिर्जना गरिने उल्लेख गर्दै प्रतिव्यक्ति आय एक हजार १९२ डलरबाट तीन हजार डलर पुर्‍याउने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

प्रदेशको अन्तर्राष्ट्रिय व्यापार दोब्बर बनाउने उल्लेख गर्दै कांग्रेसले निजी क्षेत्रमैत्री नीति तर्जुमा गरी निजी लगानी तथा सार्वजनिक निजी लगानी प्रवद्र्धनलगायत विषयलाई सङ्कल्पमा समेटेको छ ।

प्रदेशमा सुशासन प्रत्याभूत गराई भ्रष्टाचारलाई पूर्ण नियन्त्रणलगायत विषय पाँचवर्षे प्रतिबद्धतामा छन् । कांग्रेसले १० वर्ष १० प्रतिबद्धतामा आर्थिक र मानव विकास सूचकाङ्कमा पहिलो प्रदेश बनाउने उल्लेख गरेको छ । बेरोजगारी दुई प्रतिशतमा झार्ने, निरपेक्ष गरिबी ११.५ बाट शून्य प्रतिशतमा झारिने कांग्रेसले जनाएको छ । लुम्बिनी, मुक्तिनाथ हुँदै कैलास पर्वत जोड्ने छोटो दूरीको सुविधायुक्त सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिका लागि अघि सारिएको सङ्कल्प महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सङ्कल्पमा उल्लेखित विषयलाई कार्यान्वयनमा लैजाने विषयमा पार्टी नेतृत्व लाग्ने विश्वास व्यक्त गरे ।

यस अवसरमा पार्टी गण्डकी प्रदेश समितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णु लामिछानेले प्रदेशको आवश्यकता र सम्भावनालाई दृष्टिगत गरी सङ्कल्पपत्र तयार गरिएको बताएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १० : ५४ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही