सुर्खेतमा चुनाव अवधिभर मदिरा बिक्री–वितरण र सेवनमा प्रतिबन्ध « Khabarhub

सुर्खेतमा चुनाव अवधिभर मदिरा बिक्री–वितरण र सेवनमा प्रतिबन्ध


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्वाचन अवधिभर साँझ ८ बजेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले राजनीतिक दलसहितको सर्वपक्षीय छलफलपछि मदिरामा कडाई गर्ने निर्णय गरेको हो ।

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको राकमस्थित रिमझिम चोकमा बिहीबार राति झडप भएपछि जिल्ला प्रशासनले आज दलहरूलाई छलफलका लागि बोलाएको थियो ।

छलफलमा सुरक्षा निकायका प्रमुखका साथै जिल्लास्थित सबै दलका प्रमुख/प्रतिनिधिहरूको उपस्थिति रहेको प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निर्वाचन प्रचार–प्रसारका बेला मदिराजन्य पदार्थ सेवन गरी दलका कार्यकर्ताद्वारा हिंसात्मक क्रियाकलाप हुन सक्ने भएकाले प्रशासनले यस्तो निर्णय गरेको जानकारी दिएका छन् ।

सर्वपक्षीय बैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन, निषेधित समयमा मदिराको कारोबार तथा सेवन नगर्न जिल्लावासीमा अपिल गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ११ : २२ बजे

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको