आर्थिक सङ्कट: पाकिस्तान पनि श्रीलङ्काकै बाटोमा ! « Khabarhub

आर्थिक सङ्कट: पाकिस्तान पनि श्रीलङ्काकै बाटोमा !


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– पाकिस्तान पनि श्रीलङकाझै आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ ।

पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिक रूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी ट्रु सिलोनले दिएको हो ।

अति महत्वाकाङक्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर सामाजिक,आर्थिक एवम् राजनीतिक सङ्कटको भुमरीमा परेको श्रीलङकाबाट सिक्ने चेष्टा नगरेको पाकिस्तान उल्टै उसैको पदचाप पछ्याइरहेको टिप्पणी ट्रु सिलोनले गरेको छ ।

“विदेशी मुद्रा सञ्चिति, खाद्यान्न, इन्धन र औषधिको अभावले पाकिस्तानले पनि चाँडै नै श्रीलङ्काले झै सङ्कटको सामना गर्नुपर्‍यो भने अचम्म नमान्दा हुन्छ,” पाकिस्तानको राजनीतिक नेतृत्व सत्ताका केन्द्रित भएको आरोप लगाउँदै ट्रु सिलोनले भनेको छ ।

आर्थिक नीतिप्रति राजनीतिक दलहरू गम्भीर नभएकाले परिस्थिति थप जटिल बन्दै गएको छ ।

पाकिस्तानको चालु खाता घाटा तीव्र गतिमा बढेको तथा विदेशी मुद्रा सञ्चिति पनि उस्तै गतिमा घटिरहेको, खाद्यान्न र इन्धनको आयातमा भारी वृद्धि भएको तथ्याङ्क ट्रु सिलोनले समाचारमा प्रस्तुत गरेको छ ।

आर्थिक वर्ष २०२०–२१ (जुलाई–अप्रिल) मा ४४.७ अर्ब अमेरिकी डलरको आयात भएकामा आर्थिक वर्ष २०२१–२२ (जुलाई–अप्रिल) मा करिब ५८ प्रतिशतले बढेर ६५.५ अर्ब अमेरिकी डलर पुगेको, अघिल्लो आर्थिक वर्षमा ८.७ अर्ब अमेरिकी डलरमा सीमित रहेको पेट्रोलियम पदार्थको आयात ९५ प्रतिशतले बढेर १७ अर्ब अमेरिकी डलर पुगेको जनाइएको छ । व्यापार घाटा पनि २४ अर्ब डलरबाट बढेर ३९ अर्ब डलर पुगेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  १२ : ०२ बजे

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक