आर्थिक सङ्कट: पाकिस्तान पनि श्रीलङ्काकै बाटोमा ! « Khabarhub

आर्थिक सङ्कट: पाकिस्तान पनि श्रीलङ्काकै बाटोमा !


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– पाकिस्तान पनि श्रीलङकाझै आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ ।

पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिक रूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी ट्रु सिलोनले दिएको हो ।

अति महत्वाकाङक्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर सामाजिक,आर्थिक एवम् राजनीतिक सङ्कटको भुमरीमा परेको श्रीलङकाबाट सिक्ने चेष्टा नगरेको पाकिस्तान उल्टै उसैको पदचाप पछ्याइरहेको टिप्पणी ट्रु सिलोनले गरेको छ ।

“विदेशी मुद्रा सञ्चिति, खाद्यान्न, इन्धन र औषधिको अभावले पाकिस्तानले पनि चाँडै नै श्रीलङ्काले झै सङ्कटको सामना गर्नुपर्‍यो भने अचम्म नमान्दा हुन्छ,” पाकिस्तानको राजनीतिक नेतृत्व सत्ताका केन्द्रित भएको आरोप लगाउँदै ट्रु सिलोनले भनेको छ ।

आर्थिक नीतिप्रति राजनीतिक दलहरू गम्भीर नभएकाले परिस्थिति थप जटिल बन्दै गएको छ ।

पाकिस्तानको चालु खाता घाटा तीव्र गतिमा बढेको तथा विदेशी मुद्रा सञ्चिति पनि उस्तै गतिमा घटिरहेको, खाद्यान्न र इन्धनको आयातमा भारी वृद्धि भएको तथ्याङ्क ट्रु सिलोनले समाचारमा प्रस्तुत गरेको छ ।

आर्थिक वर्ष २०२०–२१ (जुलाई–अप्रिल) मा ४४.७ अर्ब अमेरिकी डलरको आयात भएकामा आर्थिक वर्ष २०२१–२२ (जुलाई–अप्रिल) मा करिब ५८ प्रतिशतले बढेर ६५.५ अर्ब अमेरिकी डलर पुगेको, अघिल्लो आर्थिक वर्षमा ८.७ अर्ब अमेरिकी डलरमा सीमित रहेको पेट्रोलियम पदार्थको आयात ९५ प्रतिशतले बढेर १७ अर्ब अमेरिकी डलर पुगेको जनाइएको छ । व्यापार घाटा पनि २४ अर्ब डलरबाट बढेर ३९ अर्ब डलर पुगेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  १२ : ०२ बजे

इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा नयाँ आतंकवाद विरोधी अपरेसन सुरु

जेरुसेलम– इजरायली सेनाले बुधबार कब्जा गरिएको वेस्ट बैंकको उत्तर क्षेत्रमा

बिहे, ब्रतबन्ध र घुम्न जाँदा पनि स्थानीय तहका गाडी, सतर्कता केन्द्रले भन्यो : दुरुपयोग रोकौँ

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले देशभरका स्थानीय तहमा भइरहेको सरकारी सवारी

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६० लाखबढी कमाइ

काठमाडौं– नेपाली फिल्म ‘परान’ले अन्तर्राष्ट्रिय बजारमा पनि ठूलो सफलता हासिल

गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि

चितवन– आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ

रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज, निर्वाचन केन्द्रित भूमिकामा खटाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरूलाई जिम्मेवारीबाट