फ्रेन्च ओपनः नाडाललाई उपाधि « Khabarhub

फ्रेन्च ओपनः नाडाललाई उपाधि


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व वरीयताको पाँचौ स्थानमा रहेका स्पेनिस राफेल नाडालले कीर्तिमानी १४औं पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्।

जितसँगै नाडालले हालसम्म वर्षको दोस्रो ग्रान्डस्लाम फ्रेन्च ओपनको फाइनलमा आफ्नो अपराजित यात्रालाई कायम राखेका छन्।

आइतबार २२औं ग्रान्डस्लामको उपाधि चुम्नेक्रममा नाडालले फाइनलमा नर्वेका कास्पेर रुडलाई ६–३ ६–३ ६–० को सोझो सेटमा पराजित गरे।

फ्रेन्च ओपनको जितेसँगै नाडालले ग्रान्डस्लाम उपाधिमा पछ्याइरहेका रोजर फेडेरर र नोभाक जोकोभिचभन्दा दुई उपाधिले पछि पारेका छन्। फेडेरर र जोकोभिचले समान २० पटक ग्रान्डस्लामको उपाधि जितेका छन्।

आइतबार १४औं पटक फ्रेन्च ओपन जितेका नाडालले १७ वर्षअघि आजकै फ्रेन्च ओपनको पहिलो उपाधि जितेका थिए।

नाडालले यसअघि जनवरीमा भएको अस्ट्रेलियन ओपनको पनि उपाधि जितेका थिए।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : १७ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै