कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा हुने | Khabarhub Khabarhub

कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा हुने


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ। निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २४ गते मतदाता नामावली प्रकासन गर्ने, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, मतदाताको विरोधमा उजुरी लिने गरी कार्यक्रम तय गरिएको छ।

यसैगरी, जेठ २५ गते मतदाताको विरोधमा दिएको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाश गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने जेठ २६ गते मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम अघि सारिएको छ।

जेठ २७ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र जेठ ३० गते मतदान गर्ने कार्यक्रम तय गरिएको छ। मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतले सुरक्षितरुपमा प्राप्त गरेपछि मात्रै मतगणनाको कार्य सुरु हुने बताइएको छ। निर्वाचन सम्बन्धित मतदान केन्द्रमा हुने जनाइएको छ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ७ : १२ बजे

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन

एमाले झापाद्वारा बिरुवा रोपण अभियान

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट