मालिकसँग हरेक जुम लेक्चरमा उपस्थित बिरालोलाई युनिभर्सिटीको बधाई « Khabarhub

मालिकसँग हरेक जुम लेक्चरमा उपस्थित बिरालोलाई युनिभर्सिटीको बधाई


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- अमेरिकाको एक विश्वविद्यालयले आफ्नो मालिकसँग जुम कक्षाको हरेक लेक्चरमा भाग लिएको बिरालोलाई बधाई दिएको छ।

महामारीका कारण फ्रान्सेस्का बोर्डियरले कलेजको अधिकांश समय घरबाटै जुम कक्षा लिएकी थिइन्।

‘म धेरैजसो समय मेरो अपार्टमेन्टमा थिएँ र मेरो छेउमा मेरो बिरालो (सुकी) हुन्थिन। जब म मेरो जुम लेक्चरमा हुन्थे, उनी पनि नजिकै आएर सुन्थिन । उनी मेरो ल्यापटपको छेउमै बस्थिन’, बोर्डियरले भनिन्।

स्नातक हाँसिल गर्नमा आफू एक्लै नभएकोमा खुसी व्यक्त गर्दै उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मेरो बिरालोले मसँग भएको हरेक जुम लेक्चरमा भाग लिन्थिन् त्यसैले हामी दुवैले अस्टिनको टेक्सास विश्वविद्यालयबाट सँगै स्नातक गर्नेछौं।’

सामाजिक सञ्जाल एपमा उनको पोस्ट भाइरल भएको छ। धेरैले लाईक र टिप्पणी गरेका छन्। दुबैलाई बधाई दिँदै एक इन्स्टा प्रयोगकर्ताले लेखे, ‘मैले तपाई दुईलाई समाचारमा देखेको छु र म आफैं एक बिरालोप्रेमी महिला हुँ। ’

‘यो सबैभन्दा प्यारो र सबैभन्दा मौलिक चीज हो जुन मैले देखेको छु ! बधाई छ दुबै जनालाई !!’ अर्काले टिप्पणी गरेका छन्।

बोर्डियरले सुकीलाई टोपी र गाउन किनेतापनि उनको बिरालोले कुनै स्नातक डिग्री प्राप्त गरेको छैन्। आफूलाई हरेक चरणमा साथ दिने बिरालोप्रति उनी खुसी छन्।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ९ : ३३ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म