मालिकसँग हरेक जुम लेक्चरमा उपस्थित बिरालोलाई युनिभर्सिटीको बधाई « Khabarhub

मालिकसँग हरेक जुम लेक्चरमा उपस्थित बिरालोलाई युनिभर्सिटीको बधाई


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- अमेरिकाको एक विश्वविद्यालयले आफ्नो मालिकसँग जुम कक्षाको हरेक लेक्चरमा भाग लिएको बिरालोलाई बधाई दिएको छ।

महामारीका कारण फ्रान्सेस्का बोर्डियरले कलेजको अधिकांश समय घरबाटै जुम कक्षा लिएकी थिइन्।

‘म धेरैजसो समय मेरो अपार्टमेन्टमा थिएँ र मेरो छेउमा मेरो बिरालो (सुकी) हुन्थिन। जब म मेरो जुम लेक्चरमा हुन्थे, उनी पनि नजिकै आएर सुन्थिन । उनी मेरो ल्यापटपको छेउमै बस्थिन’, बोर्डियरले भनिन्।

स्नातक हाँसिल गर्नमा आफू एक्लै नभएकोमा खुसी व्यक्त गर्दै उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मेरो बिरालोले मसँग भएको हरेक जुम लेक्चरमा भाग लिन्थिन् त्यसैले हामी दुवैले अस्टिनको टेक्सास विश्वविद्यालयबाट सँगै स्नातक गर्नेछौं।’

सामाजिक सञ्जाल एपमा उनको पोस्ट भाइरल भएको छ। धेरैले लाईक र टिप्पणी गरेका छन्। दुबैलाई बधाई दिँदै एक इन्स्टा प्रयोगकर्ताले लेखे, ‘मैले तपाई दुईलाई समाचारमा देखेको छु र म आफैं एक बिरालोप्रेमी महिला हुँ। ’

‘यो सबैभन्दा प्यारो र सबैभन्दा मौलिक चीज हो जुन मैले देखेको छु ! बधाई छ दुबै जनालाई !!’ अर्काले टिप्पणी गरेका छन्।

बोर्डियरले सुकीलाई टोपी र गाउन किनेतापनि उनको बिरालोले कुनै स्नातक डिग्री प्राप्त गरेको छैन्। आफूलाई हरेक चरणमा साथ दिने बिरालोप्रति उनी खुसी छन्।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ९ : ३३ बजे

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक