बाँकेमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु  « Khabarhub

बाँकेमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा गएराती २ ओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।  

चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे ठोक्किएका थिए । 

दुर्घटनामा गम्भिर घाइते भएका ३३९८ नम्बरका मोटरसाइकल चालक बाँकेकै कोहलपुर नगरपालिका–२ का २९ वर्षीय खड्क गुरुङको उपचारको क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । 

घाइते भएका सोही मोटरसाइकल पछाडि सवार कोहलपुर–२ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका–८ का ३८ वर्षीय दल बहादुर सारुको सोही अस्पतालमा उपचार भइरहेको  छ । 

घाइते दुवैजनाको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ११ : १३ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म