पश्चिमा देशहरूले किभमा लामो दूरीका हतियार पठाएमा आक्रमण थप विस्तार गर्ने रुसी राष्ट्रपतिको चेतावनी | Khabarhub Khabarhub

पश्चिमा देशहरूले किभमा लामो दूरीका हतियार पठाएमा आक्रमण थप विस्तार गर्ने रुसी राष्ट्रपतिको चेतावनी


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पश्चिमा देशहरूले किभमा लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्रहरू पठाएमा आफूले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। युक्रेनको राजधानी किएभमा हप्तौँपछि भएको पहिलो हवाई हमलामा आइतबार केही भागहरूमा विस्फोट गराइएका बेला पुटिनको यस्तो भनाइ आएको हो।

रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको बताएको छ, तर युक्रेनले रुसले रेलवे मर्मत केन्द्रमा आक्रमण गरेको जनाएको छ। युद्धकै अर्को घटनामा डोन्बास क्षेत्रको लडाइँमा एक रूसी जेनेरल मारिएका छन्। रुसले मार्चको अन्त्यमा किएभ क्षेत्रबाट फिर्ता गरेर आफ्ना सैनिकहरूलाई डोन्बास क्षेत्रमा पुन: केन्द्रित गरेको थियो।

रुसले त्यस क्षेत्रमा ढिलो तर स्थिर गतिमा प्रगति गरिरहेको छ। उसले पूर्वी क्षेत्रको सयौँ किलोमिटर आफ्नो नियन्त्रणमा लिइरहेका बेला कैयौँ पश्चिमा देशले किएभमा थप शक्तिशाली र विकसित खालका अस्त्र पठाउने वाचा गरेका छन्। हालै मात्र अमेरिकाले एम-१४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली (एचआईएमएआरएस) पठाउने घोषणा गरेको थियो।

अमेरिकी सैन्य सहायता प्याकेजमा हेलिकप्टर, ट्याङ्कविरुद्ध प्रयोग गरिने अस्त्रहरू, रणनीतिक सवारीसाधन र स्पेयर पार्ट्स पनि समावेश रहेका छन्। रुसी हवाई आक्रमणबाट पूरै सहरलाई जोगाउनका लागि युक्रेनलाई सक्षम बनाउन जर्मनीले आफ्नो सबैभन्दा आधुनिक वायु रक्षा प्रणाली आइरिस-टी पठाउने प्रतिबद्धता जनाएको छ। आइतबार रुसी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनले भने, ‘सामान्यतः मेरो विचारमा अतिरिक्त अस्त्र आपूर्तिबारे भइरहेका यी सबै हल्लाहरूको एउटै उद्देश्य छ- सकेसम्म धेरै समयसम्म सशस्त्र द्वन्द्वलाई लम्ब्याउनु’

उनले अमेरिकाले अहिले के आपूर्ति गरिरहेको छ भन्ने कुरा नयाँ कुरा नभएको बताए। लामो दूरीका क्षेप्यास्त्रहरू पठाउने कदमविरुद्ध चेतावनी दिँदै भने,’यदि ती आपूर्ति गरिएमा हामी उपयुक्त निष्कर्ष निकाल्नेछौँ र ती लक्ष्यहरूमा हाम्रा अस्त्रहरू प्रहार गर्नेछौँ जहाँ हामीले अहिलेसम्म प्रहार गरेका छैनौँ’। उनले त्यसका लागि आफूहरूसँग पर्याप्त अस्त्रहरू पनि रहेको बताएका छन्।

 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ११ : ४० बजे

चीनको विद्युत उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि

बेइजिङ– राष्ट्रिय ऊर्जा प्रशासनले सोमबार दिएको जानकारीअनुसार, चीनको कुल विद्युत

फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर, अनमोल पनि विपक्षी

काठमाडौं – प्रदर्शनमा आएको एक वर्ष नाघेपछि फिल्म ‘फर्की फर्की’विरुद्ध

७३ जिल्लामा फैलियो डेङ्गी, १४ सय बढि सङ्क्रमित 

काठमाडौं– मनसुन सुरु भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मंगलबारभित्र नआउने भयो कलहमा फसेको काठमाडौं महानगरको बजेट

त्रकाठमाडौं– देशकै ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष

अध्यागमनमा मापदण्डअनुसार कर्मचारी खटाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही