दण्ड जरिवानाको डर देखाएर जबरजस्ती इम्बोस्ड नम्बर लाद्‍न खोज्नु घातक– गगन थापा « Khabarhub

दण्ड जरिवानाको डर देखाएर जबरजस्ती इम्बोस्ड नम्बर लाद्‍न खोज्नु घातक– गगन थापा


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको निर्णयको आलोचना गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै महामन्त्री थापाले यातायात मन्त्रालयले आम नागरिकलाई धम्कीपूर्ण निर्देशन दिएको भन्दै आपत्ति जनाए। उनले दण्ड जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने खोजेको भन्दै आपत्ति जनाए।

 नामाकरण टुंगिएको प्रदेशमा गत मंसिर महिनादेखि इम्बोस्ड नम्बर प्लेट लागू गर्ने गरिएको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा नै नगरी सरकारले १ साउनदेखि अनिवार्य गर्नेगरी जारी गरिएको सूचनाबारे पुनर्विचार गर्नुपर्ने उनको माग छ । 

समयमा काम नगर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका उनले जनतालाई सास्ती दिने काम भने बन्द गर्नुपर्ने बताए । जोडिएका इम्बोस्ड नम्बर प्लेट पनि गुणस्तरीय नरहेको भन्दै थापाले राष्ट्रिय सुरक्षाका लागि इम्बोस्ड नम्बर जडान गर्ने हो भने राज्यले पनि आर्थिकभार बेहोर्नुपर्ने बताए । इम्बोस्ड नम्बर जडानमा सस्तो र गुणस्तरीय पनि कायम गर्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ११ : ५९ बजे

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,