आश्रमको चौथो सिजन पनि आउने  « Khabarhub

आश्रमको चौथो सिजन पनि आउने 


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता बबी देओलको अभिनीत आश्रमको तेस्रो सिजन सार्वजनिक भएसँगै पुनः चर्चा बढ्दो छ । सन् १९७७ मा फिल्म ‘धरम वीर’ बाट बाल कलाकारका रुपमा पाइला चालेका बबी केही  समय फिल्मी दुनियाँबाट हराए । सलमान खानसँग रेसको तेस्रो सिरिजमा देखिएपछि चर्चा बटुलेका बबीले सानो पर्दामा आश्रम मार्फत डेब्यु गरेका हुन् । 

सन् २०२० मा रिलिज वेब सिरिज ‘आश्रम’ ले बबीको करियरलाई पुनः ब्युँताइदियो । यो सिरिजमा उनी प्रमुख भूमिकामा देखिँदै आइरहेका छन् । एमएक्स प्लेयरमा रिलिज भएको यो सिरिजले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यसको पहिलो झैँ दोस्रो संस्करण पनि चर्चामा रह्यो र अहिले तेस्रो संस्करण आएको छ ।

आश्रमको आडमा राजनीतिमा गरिने विभिन्न गतिविधि र अपराधलाई देखाइएको सिरिजलाई प्रकाश झाले निर्देशन गरिरहेका छन् । यो सिरिजमा बबी र इशा गुप्तको अन्तरंग  दृश्यको जति चर्चा भयो सिरिजमा देखिँदै आइएको ट्वीस्टको भने भएन । यद्यपि दर्शक निराश छैन । तेस्रो सिजन रिलिज भएको साता नपुग्दै यसको चौथो सिरिजको घोषणा  भएको छ । जहाँ बबी उही बाबा निरालाको अन्दाजमा प्रस्तुत छन् ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  १ : ०५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी