काठमाडौँ- यमनको सरकार र हुथी विद्रोहीका बीचमा दोस्रो चरणको वार्ता सुरु भएको छ । यमनको ताइज भन्ने स्थानमा यी दुई पक्ष वार्ताका लागि बसेका बताइएको छ ।
यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा सो वार्ता हुन लागेको बताइएको छ ।
त्यहाँको सरकार र हुथीहरुले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो । त्यसको केही समयपछि दोस्रो चरणको वार्ता हुन लागेको हो ।
यमनमा हुथी विद्रोहीहरुले वर्षौँदेखि हिंसा जारी राखेका छन् । जसका कारण हजारौँ नागरिकको ज्यान गएको छ ।
त्यहाँकोे विद्रोहको राजनीतिक समाधान निकाल्नुपर्नेमा संयुक्त राष्टसंघले जोड दिँदै आएको छ ।
वार्ताका विषयमा संयुक्त राष्टसंघ, यमनी सरकार तथा हुथी विद्रोहीहरुका तर्फबाट पनि कुनै वार्ताका विषयमा कुनै प्रतिक्रिया आएको छैन ।
प्रतिक्रिया